Shikhar Insurance

मैलुङ खोलाको आईपीओः ३ दिन बाँकी छँदै भर्नेको संख्या पर्नेको भन्दा १७ गुणा बढी

सिंहदरबार संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १९:१८
NIMB
Nabil Bank

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा २ दिनमै साढे २३ गुणा बढी आवेदन परेको छ । शुक्रबार साँझ ५ बजेसम्म कम्पनीको १ अर्ब ६० करोड ५७ लाख ३४ हजार रूपैयाँ बराबरको १ करोड ६० लाख ५७ हजार ३ सय ४० कित्ता सेयर माग भएको हो ।

हालसम्म कुल ११ लाख ५८ हजार ५ सय ८५ जनाले आवेदन दिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरका ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गरेको हो ।

कुल निष्काशनको २ प्रतिशत अर्थात १४ हजार ७ सय २६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८ सय १४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकि रहेको ६ लाख ६८ हजार ७ सय ४६ कित्तामा भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

अर्थात् हरेक आवेदकलाई १०–१० कित्ताका दरले हिसाब गर्दा ६६ हजा ८ सय ७४ जनाले कम्तिमा १० कित्ता सेयर पाउँछन् । शुक्रबार सम्मको तथ्यांकका आधारमा सेयर पाउनेको संख्याभन्दा आवेदन दिनेको संख्या १७ गुणा बढी हो ।

मैलुङको सेयरमा सोमबारसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिन्छ । चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४ सय रुपैयाँ रहेको छ र आईपीओपछि ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।

कम्पनीको आईपीओ निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्