Shikhar Insurance

मेलम्चीमा प्रकृति फेरि निर्दयी बन्दा ! (फोटोफिचर)

सिंहदरबार संवाददाता
२०७८ श्रावण १७, आईतवार १४:०१
NIMB
Nabil Bank

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा प्रकृति फेरि एकपटक निर्दयी बनेको छ । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ ।  ती मध्ये नौ पक्की र आठ कच्ची हुन् ।

No description available.

Citizen Life
Kumar Bank
Nepal Life

असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । ती घरटहरा खाली थिए । बाढीले चनौटेको रातो पुल पनि बगाएको छ । मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यो भेगमा सवारीआवतजावत बन्द  छ ।

No description available.

त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।  मेलम्ची बजारदेखिमाथि एउटै पुल बाँकी छैन ।

No description available.

खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको छ । हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान सकेका छैनन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

तस्बिरहरूः रासस

GBIME

प्रतिक्रिया दिनुहोस्