Shikhar Insurance

मकर जितुमाया सुरी हाइड्रोले २२ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्ने

सिंहदरबार संवाददाता
२०७८ श्रावण १८, सोमबार १६:०९
NIMB
Nabil Bank

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मकर जितुमाया सुरीको प्रारम्भिक सेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो ।

मकर जितुमाया सुरीका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले प्रारम्भिक सेयर निष्काशनका लागि कुल जारी पुँजी ७६ करोडको ३० प्रतिशत अर्थात २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता प्रारम्भिक सेयर निष्काशन गर्ने भएको छ ।

यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता सेयर छुट्याइएको छ ।

सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फन्डको समेत लगानी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्