Shikhar Insurance

बिजेनस डामोडोल भएपछि नाडाले गुहार्‍यो प्रधानमन्त्री, युरो सिक्स कार्यान्वयनमा थप समय माग

सिंहदरबार संवाददाता
२०७८ श्रावण २०, बुधबार १९:३१
NIMB
Nabil Bank

काठमाडमौं । नाडा अटोमोबाल्स एसोसिएसन अफ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदस्यिय नाडा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटी उनको सफल कार्यकालको लागि शुभकामना दिँदै कोभिड १९ को संकटबाट गुज्रिरहेको अटो क्षेत्रका पुनरुत्थानको पहल गर्न माग समेत गरेको छ ।

सरकारले आम जनताको स्वास्थ रक्षाको लागि लगाएको बन्दाबन्दीको कारण समग्र अटोमोबाइल क्षेत्र नै धरापमा परेको भन्दै यसलाई पुनः गतिशिल अवस्थामा पुर्‍याउन सरकारबाट विशेष पहल गरिदिन नाडाका उपाध्यक्ष चौधरीले आग्रह गरे । केन्द्रिय कार्य समिति सदस्य तथा सार्वजनिक सवारी साधन समिति तथा सडक सुरक्षा तथा वातावरण समितिका सभापति राजनबाबु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकोले उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीलाई उपलब्ध गराउँदै आएको आर्थिक राहत ती व्यवसायीहरुलाई पनि उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गरे । श्रेष्ठले वन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा युरो सिक्स लागु गर्न लागेको विषय सराहनीय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराई दिनुपर्ने माग गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्