Shikhar Insurance

पहिलो वार्षिकोत्सवमा टेल्जीले आविष्कार केन्द्रलाई दियो इलेक्ट्रिक स्कुटर, एक्सचेञ्ज तथा नगद छुटको घोषणा

सिंहदरबार संवाददाता
२०७८ श्रावण २४, आईतवार १३:०७
NIMB
Nabil Bank

काठमाडौं । टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । टेल्जी इलेक्ट्रिक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता योम मा ई नेपालले आफ्नो स्थापनाको १ वर्ष पुरा भएको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर प्रदान गरेको हो ।

गत वर्षको लकडाउनका बीच नेपाली बजारमा आधिकारिक बिक्री सुरु गरेको कम्पनीले पहिलो वर्ष कोरोनाको महामारीबीच पनि लक्ष्यअनुरुप इलक्ट्रिक स्कुटरको बिक्री गर्न सफल भएको जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

“हामीले सुरुवाति चरणदेखी नै आविष्कार केन्द्रसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छौं, यसैक्रममा हामीले पहिलो वार्षिकोत्सवको अवसर पारेर टेल्जी लायन स्कुटर आविष्कार केन्द्रलाई प्रदान गरेका छौं,” टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले भने । अब आविष्कार केन्द्रले टेल्जी स्कुटरलाई अझै नेपाली भुगोल सुहाउँदो कसरी बनाउन सकिन्छ भनेर थप अनुसन्धान गर्ने शिल्पकारले बताए ।

टेल्जीका स्कुटरहरुमा कि–लेस स्टार्ट, डिस्क ब्रेक, एलईडी डिस्प्ले, एलईडी लाइट, ट्युबलेस टायर, एन्टि थेफ्ट अलार्म, ५ स्टेप एड्जस्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचर समावेश रहेको छ । यी तीनै स्कुटरमा कम्पनीले नगद २० हजार रुपैयाँ छुट प्रदान गर्ने जनाएको छ ।

कम्पनीको पहिलो वार्षिकोत्सवको अवसरमा सावन महिना भरको लागि हरेक स्कुटरमा २० हजार नगद छुट दिने बताएको छ । त्यसैगरि ग्राहकले कुनै पनि ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग टेल्जीको नयाँ स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । हरेक एक्सचेन्जमा बजार मूल्यमा १५ हजार थप मूल्याङकन प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

टेल्जी नेपालले ३ मोडलका इलेक्ट्रिक स्कुटरको बिक्री गर्दै आएको छ । कम्पनीले टेल्जी लियोपार्ड, लायन र टाइगरको बिक्री गर्दै आएको हो ।

यस्ता छन् तीन मोडलः

टेल्जी लियोपार्ड
लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाट आवरको ब्याट्रिप्याक रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरले एक पटकको फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्छ । यस इलेक्ट्रिक स्कुटरको ब्याट्रि एक पटक फुल चार्ज गर्न ५ घन्टा लाग्छ । टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ तोकिएको छ । टेल्जी लियोपार्ड खरिद गर्न चाहने ग्राहकले केही समय प्रतीक्षा गर्नुपर्ने कम्पनीले बताएको छ । हाल स्टक सकिएका कारण नयाँ स्टक आउनका लागि केही समय लाग्नेछ ।

टेल्जी लायन
टेल्जी लायनमा २.५ किलोवाट पावरको मोटर र १.९ किलोवाट आवरको ब्याट्रि प्याक छ । यी स्कुटरमा एक पटकको फुल चार्जमा ८५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दाबी छ । टेल्जी लायनको मूल्य १ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

टेल्जी टाइगर
टाइगरमा २.५ किलोवाट पावरको मोटर मोटरका साथै २.३ किलोवाट आवरको ब्याट्रि प्याक छ । यी स्कुटर एक पटकको फुल चार्जमा ९५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दाबी छ । टाइगर स्कुटरको मूल्य १ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्