Shikhar Insurance

कोरोनाले चन्द्रागिरी हिल्सको घाटा १३८ प्रतिशतले वढ्यो

सिंहदरबार संवाददाता
२०७८ श्रावण २५, सोमबार ०८:५५
NIMB
Nabil Bank

काठमाडौं । दोश्रो बजारमा बहुचर्चित रहेको चन्द्रागिरी हिल्स लिमिटेडको घाटा १३८.०८ प्रतिशतले बढेको छ । कोरोना महामारीका कारण केबल कार बन्द रहेकाले कम्पनीको नोक्सानी भारी मात्रामा बढेको हो ।

कम्पनी आर्थिक वर्ष २०७६।७७ मा १० करोड ६६ लाख रुपैयाँ नोक्सानीमा थियो । तर आव २०७७।७८ को अन्तिममा आईपुग्दा कम्पनीको सञ्चालन नोक्सानी १४ करोड ७२ लाख रुपैयाँले बढेर २५ करोड ३८ लाख रुपैयाँ पुगेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवमा कम्पनीको सञ्चालन आम्दानी नै २२ करोड १५ लाख रुपैँयामा खुम्चिएको छ । जबकी आव २०७६।७७ मा त्यस्तो आमदानी ४१ करोड ३० लाख रुपैँया थियो ।

चन्द्रागिरीको प्रति सेयर आम्दानी पनि ७.९० रुपैँया ऋणात्मकबाट बढेर १६.५५ रुपैँया ऋणात्मकमा पुगेको छ । कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैँया रहेको छ ।

दोश्रो बजारमा कुनै समय प्रति कित्ता २८ सय रुपैयाँ सेयर मूल्य पुगेको चन्द्रागिरी हिल्सको सेयर मूल्य हाल १५ सय ८८ रुपैँया कायम छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्