Shikhar Insurance

एक सातामै बैंकहरूबाट बाहिरिएको १३ अर्ब निक्षेप र १६ अर्ब कर्जा कहाँ गयो ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २५, सोमबार २१:०५
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरूबाट एक सातामै ठूलो रकम बाहिरिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार एक सातामा वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रूपैयाँले घटेको हो भने कर्जा प्रवाह १६ अर्बले बढेको छ ।

साउन १५ सम्म ४१ खर्ब ५३ अर्ब रूपैयाँ रहेको निक्षेप २२ गतेसम्म ४१ खर्ब ४० अर्बमा ओर्लिएको छ । यस्तै एक साता अघिसम्म कुल ३७ खर्ब १६ अर्बको कर्जा प्रवाह भएकामा २२ गतेसम्म बढेर ३७ खर्ब ३२ अर्ब पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ आर्थिक वर्षको २२ दिनमा निक्षेप ६१ अर्बले घटेको छ भने कर्जा प्रवाह ११ अर्बले बढेको छ । नयाँ वर्षको दुई साता बित्दासम्म कर्जा प्रवाह पनि घटेको थियो ।

वाणिज्य बैंकबाट यत्रो रकम कहाँ गयो ? भन्ने प्रश्नमा सबैजना अनभिज्ञ छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र संघका अध्यक्ष भुवन दाहाल यसबारे विवरण हेर्नुपर्ने बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्