Shikhar Insurance

‘श्वेतपत्र प्रतिशोध पत्र नभएर अर्थतन्त्रको ऐना हो, गाली गरेको छैन’

सिंहदरबार संवाददाता
२०७८ श्रावण २६, मंगलवार १६:१४
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बिना कुनै पूर्वाग्रह श्वेतपत्र प्रश्तुत दाबी गरेका छन् । संसदहरूबाट उठेको प्रश्नको जवाफ दिँदै उनले कुनेपनि तथ्यांक कहीँ कतै नबंग्याएको जिकिर गरे ।

उनले भने, “राज्यसँग भएको तथ्यांक जस्ताको तस्तै प्रस्तुत गरेको छु । यो आरोप हैन, कामको यथार्थ विवरण हो ।” उनले कहाँकहाँ कमी भयो ? भन्ने विषय अवश्य राखिएको र त्यो आरोप नभएर शिक्षाका लागि राखिएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

शर्माले भने, “यो प्रतिशोध पत्र हैन । अर्थतन्त्रको ऐना हो ।”

मन्त्री शर्माले श्वेतपत्र कसैलाई गाली गर्ने किसिमले नभएर यथार्थ चित्रण गर्न ल्याउने बताएका थिए । भिलेनलाई पछारेर हिरो बन्ने पक्षमा आफू नभएको बताउँदै उनले प्रतिशोध साँध्ने प्रकारको काम नगर्ने बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्