Shikhar Insurance

लुम्बिनीमा पनि सत्ताच्युत हुँदै ओली गुट

सिंहदरबार संवाददाता
२०७८ श्रावण २७, बुधबार १०:२४
NIMB
Nabil Bank

काठमाडौं । लुम्बिनी प्रदेशमा पनि एमाले ओली गुट सत्ता च्युत हुने भएको छ । प्रदेश सभामा अविश्वासको प्रस्तावमाथि आजै छिनोफानो भएर सत्ताच्युत हुने अवस्था आएको निष्कर्ष ओली गुटको संसदीय दल बैठकले निकालेको हो । अविश्वास प्रस्तावको सामना गर्ने वा राजीनामा दिने भन्ने निर्णयको अधिकार भने मुख्यमन्त्री शंकर पोखरेललाई दिईएको छ ।

यस अघि पनि गठबन्धन सरकारको मुख्यमन्त्री बनेका पोखरेलले राजीनामा दिएर एकल बहुमतको सरकार गठन गरेका थिए । अहिले पनि केहि गर्दा पनि सत्ता नजोगिने निश्चित भएको हो ।
ओली गुटका तर्फबाट गण्डकी प्रदेशमा मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङ पनि केहि समय अघि नै सत्ताच्युत भैसकेका छन् । ओलीको गलत कदमपछि उनी निकट सत्ताहरु धमाधम ढल्न थालेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्