Shikhar Insurance

साना उद्यमीलाई राष्ट्र बैंकको प्रोत्साहन, १ करोडभन्दा कमको कर्जामा २ प्रतिशतमात्र प्रिमियम

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १९:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/८९ को मौद्रिक नीति जारी गर्दै १ करोड रुपैयाँसम्मको उद्यम व्यवसाय कर्जामा आधार दरमा २ प्रतिशतमात्रै प्रिमियम थप गर्न पाइने व्यवस्था लागु गरेको छ ।

आधारदर गणनाको विद्यमान विधिलाई पुनरावलोकन गरिने र बैंक तथा वित्तीय संस्थाले कर्जाको आधारदर निर्धारण गर्दा आधारदरमा थप गर्ने प्रिमियम दर संस्था आफैले निर्धारण गर्न मौद्रिक नीतिमा उल्लेख छ । तर, उद्यम व्यवसाय संचालन गर्न १ करोडसम्मको ऋण उपयोग गर्ने ऋणीको हकमा आधारदरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न पाउने राष्ट्र बैंकको नयाँ व्यवस्था छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्