Shikhar Insurance

शिखर इन्स्योरेन्सको नाफा आधा अर्ब नजिक, लाभांश क्षमता २६.८५ प्रतिशत

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३१, आईतवार २२:३०
NIMB
Nabil Bank

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको नाफा आधा अर्ब नजिक पुगेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ मा ४७ करोड रुपैँया नाफा आर्जन गर्न सफल भएको हो ।

कोरोना महामारी र कोरोना बीमाको बोझलाई झेल्दै कम्पनीले आव २०७६।७७ को तुलनामा २ करोडले नाफा वृद्धि गर्न सफल भएको हो । यो नाफा केहि बाणिज्य बैंकहरुको बराबर हुन आउँछ । कम्पनीले लगानी तथा अन्य आयबाट १३ करोड रुपैँया आम्दानी गरेको देखिन्छ । एक अर्ब ७५ करोड रुपैँया चुक्ता पुँजी भएको शिखरले २६.८५ प्रतिशत लाभांश दिन सक्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको जगेडा तथा कोषमा ५७ करोेड रुपैँया छ भने बीमा कोषमा एक अर्ब २९ करोड रुपैँया छ । कम्पनीले २ लाख ७१ हजार एक सय १६ वटा बीमा लेख जारी गरेको छ जसमध्ये ६३ हजार ५ सय ४६ वटा बीमालेख नविकरण भएका थिए ।

कम्पनीले गत आवमा २ अर्ब ८८ करोड रुपैँया बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ । कम्पनीको त्यस्तो बीमा शुल्क अघिल्लो आवमा २ अर्ब ८१ करोड रुपैँया थियो ।

कम्पनीले अभिकर्तालाई २ करोड ६७ लाख रुपैयाँ कमिसन दिएको छ । शिखरको २७ रुपैयाँ ५ पैसा छ भने प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ १५ पैसा, छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्