Shikhar Insurance

माधव नेपालको नयाँ पार्टी सरकारमा जान्छः चौधरी

सिंहदरबार संवाददाता
२०७८ भाद्र ५, शनिबार १८:५९
NIMB
Nabil Bank

काठमाडौं । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिईएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले केहि दिनभित्रै पार्टी सरकारमा जाने बताएका छन् ।

केपी ओलीले एमालेलाई विसर्जनको बाटोमा लगेको कारण आफूहरु बाध्य भएर नयाँ दल दर्ता गर्न पुगेको स्पष्ट पार्दै उनले केहि दिनभित्रै पार्टी सरकारमा जाने बताएका हुन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै चौधरीले निर्वाचन आयोगले दल दर्ताको सनाखत गर्ने बित्तिकै आफूहरु सरकारमा जाने पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले दोस्रो पुस्ताका नेताहरु पनि आगामी बुधबारसम्म आफूहरुको कित्तामा आईसक्ने दाबी गरे । उनले भने,‘बम, गोला, बारुद पड्किएको बेला निकै थोरै मान्छे मात्रै फ्रन्टलाईनमा उभिन तयार हुन्छन्, निश्कर्षमा भन्नुपर्दा अहिले एमालेका दोस्रो पुस्ताका नेताहरु पनि ५ दिनभित्रै हामीहरुसँग आउनुहुन्छ ।’

उनले माधव नेपाललगायत आफूहरु १४ जना सांसदलाई पदमुक्त गर्ने भनेर एमालेले गरेको कारबाहीको कुनै औचित्य नभएको र कारबाही हुनै नसक्ने ठोकुवा गरेका छन् । उनले संविधानमा भएको प्रावधान र सर्वोच्च अदालतको फैसलाले पनि आफूहरुलाई कारबाही हुन नसक्ने दाबी गरेका हुन् । उनले आफूहरुलाई कारबाही गर्ने क्षमता र ल्याकत एमालेसँग नभएको पनि टिप्पणी गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्