Shikhar Insurance

बामदेव गौतमले भनेः २ हजार नेता कार्यकर्तासहित माधव नेपालको पार्टीमा जान्छु

सिंहदरबार संवाददाता
२०७८ भाद्र ६, आईतवार १९:०४
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष बामदेव गौतमले आफु ओलीसँग रहन नसक्ने स्पष्ट पारेका छन् । पत्रकार ऋषी धमलाको जनता जान्न चाहान्छन् कार्यक्रममा अन्तरवर्ता दिँदै गौतमले ओलीका कारण नेपालको कम्युनिष्ट आन्दोलन नै धारासायी भएकाले आफु ओलीसँग रहन नसक्ने बताएका हुन् ।
उनले आफु माधव नेपालले नेतृत्व गरेको नेकपा(एकिकृत समाजवादी) पार्टीमै जाने बताएका हुन् । उनले भनेका छन्,–‘माधवजीको पार्टीलाई निर्वाचन आयोगले सनाखत गरेर नयाँ दलको मान्यता दिएपछि एमाले छोडेर माधव नेपालको पार्टीमा जान्छु, म मात्रै होईन एमाले एकता अभियानमा रहेका २ हजार नेता तथा कार्यकर्ताहरु माधव नेपालको पार्टीमा प्रवेश गराउँछु । हामी सबै प्रवेश गर्छौं ।’

उनले समाजवादी पार्टीमा रहेर आफुले पार्टी एकताका लागि पहल गर्ने पनि बताए । देउवा सरकारमा आफु मन्त्री नहुने पनि गौतमले स्पष्ट पारेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्