Shikhar Insurance

हालसम्मकै बढी माग भयो मेगा म्युचुअल फन्ड – १

सिंहदरबार संवाददाता
२०७८ भाद्र ११, शुक्रबार १३:५४
NIMB
Nabil Bank

काठमाडौं । मेगा म्युचुअल फन्ड – १ मा माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको छ । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’ मा दुई दिनमै माग भन्दा बढी आवेदन प्राप्त भई चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको हो ।

फन्डमा १ लाख ६३ हजार ६ सय ४६ आवेदकबाट करिब २० करोड १४ लाख ५५ हजार ६ सय बराबरको एकाइ खरीदका लागि आवेदन परेको हो । प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड एकाइ मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको एकाइ संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत एकाइ कोष प्रवद्र्धक मेगा बैंकका लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख एकाइ सार्वजनिक निष्काशन गरिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालको वित्तीय इतिहासमा हालसम्मकै म्युचुअल फन्डमा सबैभन्दा धेरै आवेदन यस म्युचुअल फन्डमा परेको मेगा क्यापिटल मार्केट्सले जनाएको छ ।

मागभन्दा धेरै बढी एकाइका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि एकाइहरु बाँडफाँड गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्