Shikhar Insurance

१२ वर्षका बालकले घरै बसेर यसरी कमाए पौने ५ करोड रूपैयाँ

सिंहदरबार संवाददाता
२०७८ भाद्र १३, आईतवार २२:२२
NIMB
Nabil Bank

बीबीसी । लण्डनमा १२ का बालकले यस्तो काम गरेका छन् जसलाई सजिलै विश्वास गर्न सकिँदैन । विद्यालयको बिदाको बेला १२ वर्षिय बेन्जामिन अहमदले ‘वियर्ड ह्वेल’ (अजिब प्रकारको ह्वेल) नामको पिक्सलेटेड आर्टवर्क बनाए जसलाई बेचेर उनले करिब पौने ५ करोड नेपाली रूपैयाँ कमाए ।

बेन्जामिनले सो डिजिटल तस्बिरलाई एनएफटी (नन फ्युजिबल टोकन्स) लाई बेचे । उनको सो सिर्जनाले ४ करोड ६९ लाख नेपाली रूपैयाँ (भारू २ करोड ९३ लाख) भुक्तानी पाएको बीबीसीले लेखेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एनएफटीको माध्यमबाट कुनै कलाकृतिलाई “टोकन” गर्न सकिन्छ । यसमा एक डिजिटल सर्टिफिकेट बन्छ र त्यसबाट कलाकृतिको खरिद/बिक्री गर्न सकिन्छ ।
यसमा खरीदकर्तालाई वास्तविक कलाकृति वा उसको कपीराइट दिँदैन ।

बेन्जामिन अहमदलाई एथेरियम (क्रिप्टोकरेन्सी)को रूपमा भुक्तानी दिइएको छ । यसको अर्थ यो हो कि उनको कलाकृतिको घटबढ हुन सक्छ ।

बेन्जामिनका साथीहरूलाई उनले घेरै बसेर यसो गरेको थाहा नहुन पनि सक्छ । यता बेन्जामिन आफ्नो युट्युब च्यानलमा आफूलाई मन पर्ने/नपर्ने विषयसँग जोडिएको भिडियो युट्युबमा सेयर गरिरहेका छन् ।

१२ वर्षिय बेन्जामिन स्विमिङ, ब्याडमिन्ट खेल्न तथा तेक्वान्दो खेल्न रूचाउँछन् । उनी भन्छन्, “मैले जसो गर्न चाहने साथीहरूलाई दबाबमा आएर आफूलाई कोडिङ गर्न बाध्य नपार्ने सल्लाह दिन चाहन्छु ।”

बेन्जामिनका बाबु इमरान सफ्टवेयर डेभलपर हुन् । उनले आफ्ना २ सन्तान (बेन्जामिन र उनका भाइ जोसेफ)लाई ५ वर्षको उमेरदेखि नै कोडिङ सुरू गर्न प्रोत्साहित गरेका थिए ।

इमरान भन्छन् कि बेन्जामिनलाई प्राविधिक विज्ञको सल्लाह मिल्यो तर उनले यसो गर्न सक्नु गर्वको विषय हो । इमरानका अनुसार सुरूमा यो रमाइलो अभ्यास लाग्यो तर जब बच्चाहरूले यो विषय बुझेर चाँडो अघि बढे, उनीहरूले साँच्चै राम्रो उपलब्धि हासिल गरे ।

इमरानका अनुसार उनका दुवै सन्ताले दैनिक २०–३० मिनेको कोडिङ अभ्यास गरे ।

वियर्ड ह्वेल बेन्जामिनको दोस्रो कलाकृति कलेक्सन हो । त्यसअघि उनले माइनक्राफ्टबाट प्रेरित कलाकृति तयार पारेका थिए । त्यो पनि राम्रो मूल्यमा बिक्री हुन सक्थ्यो ।
यो पल्ट उनले लोकप्रिय पिक्सेलयुक्त ह्वेल मीमबाट प्रेरणा लिए । तर, उनले ३३ सय ५० प्रकारका इमोजी प्रकारका ह्वेल बनाए ।

बेन्जामिन भन्छन्, “तीनीहरू बन्दै गरेको हेर्न मज्जा आइरहेको थियो ।” बेन्जामिन हाल आफ्नो तेस्रो कलाकृति ‘सुपरहिरो’ थिमको कलेक्सन बनाउन लागिपरेका छन् ।
इमरान विश्वस्त छन् कि उनका छोराले कुनै कपिराइट नियम उल्लंघन गरेका छैनन् । उनीहरू बेन्जामिनको कामको अडिट (परिक्षण) तथा डिजाइन ट्रेडमार्कको कानूनी सल्लाह लिइरहेका छन् ।

बेन्जामिनको कलाकृतिबारे एनएफटीमा मिश्रित प्रतिक्रिया आएको छ ।

यस्ता छन् उनको कलाकृतिः

12-year-old makes £290,000 by selling pixelated digital whale emojis | Trending News,The Indian Express

NFT 'Weird Whales' earn 12-year-old $250,000 in just nine hours - NFT News Today

 

GBIME

प्रतिक्रिया दिनुहोस्