Shikhar Insurance

गभर्नरलाई फोन नगरेको अर्थमन्त्रीको दाबी, नेप्से १६१ अंकले बढाउन सचिवालयले पठाएको थियो प्रेस विज्ञप्ति !

सिंहदरबार संवाददाता
२०७८ भाद्र २५, शुक्रबार १७:२०
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले गभर्नरलाई फोन नगरेको बताएका छन् ।

सेयर बजारमा भारी पहिरो आएको भोलिपल्टै अर्थात् सोमबार मन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई पुँजी बजारको समस्या समाधान गर्न टेलिफोन गरेको समाचार बाहिरिएको थियो । मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाहमा सीमा लगाएको विषय सेयर बजारमा जर्जर भएकै बेला शर्माले फोन गरेको बताइएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सचिवालयले पठाएको रेडिमेड समाचारमा ‘उहाँले (मन्त्री शर्माले) के सुधार गर्नुपर्ने हो त्यो गरेर बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ’ उल्लेख थियो ।  सञ्चारमाध्यमले सोही समाचारको आधारमा अर्थमन्त्रीको भावना राष्ट्र बैंकलाई कडाइबाट फिर्ता लिन निर्देश गरेको समाचार सम्प्रेषण गरेका थिए ।

शुक्रबार मन्त्री शर्माले आफूले ‘गभर्नरलाई फोन गरेर अर्थमन्त्रीले भनेको कुरा समाचारमा कतै आएको होला, त्यो सत्य नभएको जानकारी गराउन चाहन्छु’ भनेका छन् । प्रतिनिधि सभामा सांसद प्रेम सुवालले ‘कसको स्वार्थमा गभर्नरलाई फोन गरी सेयर बजार बढाउने किसिमको नीति बनाउन निर्देशन दिएको ?’ भनी प्रश्न गरेका थिए ।

मन्त्री शर्माको स्पष्टिकरणको अर्थ यो हुन्छ कि शर्माले गभर्नरलाई फोन गरेनन्, मन्त्री शर्माको सचिवालयले बजारलाई उक्साउन फोन गरेको भन्ने समाचार मिडियालाई पठायो ।

गभर्नरलाई फोन गरेको समाचार आउनेवित्तीकै राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमामा पुनर्विचार हुने भन्दै नेप्सेमा १६१ अंकको ऐतिहासिक सुधार आएको थियो ।

 

यस्तो थियो मन्त्री शर्माको सचिवालयले पठाएको सो समाचारः 

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्