Shikhar Insurance

बायुसेवा निगमका कर्मचारीले २ महिनापछि पाए ३० करोड तलब, हाजिरै नगरि आन्दोलन गर्ने पनि छुटेनन्

सिंहदरबार संवाददाता
२०७८ आश्विन ८, शुक्रबार १९:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बायु सेवा निगमका १३८५ जना कर्मचारीले २ महिनाको तलब पाएका छन् । असार १८ गतेदेखि आन्दोलन सुरु भएको र तत पश्चात सञ्चालक समितिको बैठक समेत बस्न नपाएपछि निगमको बजेट पास भएको थिएन् । निगमको बजेट नै स्वीकृत नभएपछि साउन र भदौ महिनाको तलब रोकिएको थियो ।

निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलले आफुमा निहित बिशेषाधिकार प्रयोग गर्दै २ महिनाको तलब निकासा गरिदिएका हुन् । तलब निकासा भएसँगै हाजिरै नगरि आन्दोलनमा सहभागी कर्मचारीहरुले पनि तलब प्राप्त गरेका छन् । दुई महिनाको तलब वापत ३० करोड रुपैयाँ भुक्तानी दिएको महाप्रबन्धक पौडेलले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘कर्मशिल सोझा सिधा कर्मचारीहरुको जिवन निर्वाहमा कठिनाइ परिरहेको अवस्थालाई मध्यनजर गर्दै गत १५ दिनको प्रयास तथा तालुक मन्त्रालय संगको गहन छलफल गरि महाप्रबन्धकमा रहेको बिशेषाधिकार प्रयोग गरि आगामी सोमबार देखी हालसम्मको सम्पुर्ण तलब भत्ता भुक्तानि दिने निर्णय गरेको छु । यो निर्णय बाट निगमका सम्पूर्ण निष्ठावान कार्यरत र आन्दोलनरत कर्मचारीहरुमा राहत पुग्ने अपेक्षा गरेको छु।’, महाप्रबन्धक पौडेलले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्