Shikhar Insurance

‘गुच्चा बेचेर व्यवसाय सिकें, ८ अर्ब राजस्व तिर्ने कम्पनी हाँक्दैछु’

सुदीप आचार्य
२०७८ आश्विन १२, मंगलवार ११:२७
NIMB
Nabil Bank

अमेरिकामा इन्डस्ट्रियल इञ्जिनियरिङ अध्ययन गर्दागर्दै औपचारिक व्यवसायीक यात्रा आरम्भ गरेका सुदीप आचार्य १३ वर्षअघि ‘देशमै केही गर्ने अठोट’ सहित स्वदेश फर्किए ।

धेरै मानिसका लागि ‘ल्यान्ड अफ अपरच्युनिटी’ भनिने अमेरिका बसाईलाई चटक्कै छाडेर सुदीप नेपाल फर्कंदा ‘निधार खुम्च्याउनेहरु’ पनि नभएका होइनन् । तर, उनी भने माओवादी द्वन्द्व अन्त्य भएको र देशमा शान्ति तथा स्थायित्व कायम हुने भन्दै आफ्नो ज्ञान र सीपलाई यतै उपयोग गर्ने संकल्पमा अडिग रहे ।

Citizen Life
Kumar Bank
Nepal Life

आचार्यले बुढानिलकण्ठ स्कुलमा कक्षा चारमा अध्ययन गर्दै गर्दा गुच्चा बेचेर आफ्नो व्यावसायीक कलालाई प्रस्फुटन गरिसकेका थिए । उनी हुर्किएको घरका खम्बा अर्थात् उनका बुवा कृष्ण आचार्य पहिलो पुस्ताको प्रतिनिधीका रुपमा व्यवसायीक गतिविधी अघि बढाउँदै थिए ।

परिवारबाटै व्यवसाय सिकेका सुदीप यतिबेला त्यो बिरासत मात्रै हाँकिरहेका छैनन्, बार्षिक ८ अर्ब बढी राजस्व तिर्ने डिस होमको सफल व्यवस्थापकीय नेतृत्व गरिरहेका छन् ।

डिस होमको यो व्यवसायीक सफलतामा आचार्यको ठूलो योगदान छ । त्यति मात्रै होइन, आचार्यले यतिबेला ऊर्जा, बैंकिङ, आईटी लगायतका क्षेत्रमा लगानी गरिरहेका छन् र उनी संलग्न कम्पनीहरुले अब्बल नतिजा पनि ल्याइरहेका छन् ।

नेपालमा लगानीका लागि सबैभन्दा भरपर्दाे क्षेत्र युवा जनशक्ति र आईटी हो भन्ने आचार्यसँग सिंहदरबारले लामो कुराकानी गरेको छ । प्रस्तुत छ, सुदीप आचार्यसँग पालो आर्थिक बहसको…

– सुरुमा रियल सेक्टरमा काम गरें, कास्की फाइनान्स हुँदै हाइड्रो पावरमा पनि लगानी सुरु भयो, त्यसपछि जताततै अवसर देख्न थालें ।

– मेरो बुवा उद्यम व्यवसायमा लाग्नु भयो, म सानै उमेरदेखि उहाँले के के गर्नु भएको छ भन्ने हेरिरहेको हुन्थें । बुढानिलकण्ठ स्कुलमा कक्षा चारमा पढ्दा नै गुच्चा बेचेर व्यापार सुरु गरेको थिएँ । कति बढी माग, त्यति बढी मूल्य हुने कुरा मैले त्यतिबेलै केही सिकिसकेको रहेछु ।

– अमेरिकामा अनलाइन फारम भरेपछि एक हप्ताभित्र स्ट्याम्पसहितको कम्पनी दर्ता भएर आउँछ । नेपालमा फरक छ । के गर्न पाइने, के गर्न नपाइने ? ग्रे एरियामा बसेर काम गर्ने हो की होइन भन्ने स्पष्ट नै छैन ?

– जस–अपजसको मूलभारी नेतृत्वले नै बोक्नुपर्छ, हामीले सानैदेखि राजनीतिक स्वतन्त्रताका कुरा सुन्यौं ।

– नेताहरुको एक्पर्टिज (विशेषज्ञता) नै आन्दोलन र विरोधमा देखियो । भविष्य हेर्ने भिजनरी नेता खासै देखिएको महशुस भएन ।

– हाम्रा कानुनहरु प्रोग्रेसिभ छन् तर कार्यान्वयन गर्ने ठाउँमा पुगेपछि रिग्रेसिभ देखिन्छन् । हामी पुराना ढर्राले काम गरेर कहीँ पुग्ने अवस्था छैन ।

– अहिलेको राजनीतिक नेतृत्व ‘ड्रग कार्टेल’ (लागुऔषध ओसारपसार) जस्तो छ । यहाँ विद्रोहबाट नयाँ नेतृत्व चयन आवश्यक छ, जसले समृद्धिको यात्रालाई लिड गर्न सकोस् ।

– बिजनेसमा पनि प्रोटेक्सनको कुरा हाबी छ, नयाँ कुरा आउन लाग्यो भने पुरानाहरुले हाम्रो रोजीरोटी खोसिन्छ भन्ने गरेको देखिन्छ ।

– एउटा मान्छे आफ्नै बलबुताले केहि गर्छु भन्ने संस्कार नै छैन । जागिर खान भनसुन गर्नुपर्ने, सरकारी काम गर्न पनि त्यहि गर्नुपर्ने अवस्था छ, प्रणालीले काम नगरेर पावर र भनसुन गर्नुपर्ने कुरा खतरानक छ ।

– हाम्रो इकानोमिक ग्रोथ (आर्थिक वृद्धि)का लागि एफडीआई (प्रत्यक्ष वैदेशिक लगानी) अनिवार्य छ ।

– नेपालमा लगानी गरेका लगानीकर्ताहरुको भेला गरेर कठिनाईबारे छलफल गरौं । उनीहरु कन्भिन्स भए भने सय गुणा बढी लगानी उनीहरुले नै ल्याउँछन् । तर, हामी नाटक मञ्चन गरिरहेका छौं ।

– डिस होमले बुक बिल्डिङबाट आईपीओ जारी गर्दैछ, डिसेम्बर–जनवरीसम्म जारी गर्न सकिन्छ की भन्ने आश छ ।

 

अन्तर्वार्ताको भिडियो सिंहदरबारको युट्युब च्यानलमा हेर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्