Shikhar Insurance

अध्ययन भन्छः फाइजर खोप लगाउनेको एन्टीबडी दुई महिना पनि टिकेन

सिंहदरबार संवाददाता
२०७८ आश्विन २२, शुक्रबार १३:०५
NIMB
Nabil Bank

एजेन्सी । फाइजर खोप लगाएपछि शरीरमा विकसित हुने एन्टीबडी तह दुई महिनापछि बिस्तारै घट्दै जाने दुई फरक अध्ययनले देखाएका छन् ।  इजरायल र कतारले गरेका दुई अलग अलग अध्ययनले पूर्ण खोप लगाएका व्यक्ति संक्रमणबिरुद्ध निरन्तर साबधानी अपनाउनुपर्ने उल्लेख छ ।

इजरायलमा गरिएको अध्ययनमा पूर्ण खोप लगाएका व्यक्तिको एन्टीबडी तह घटेको देखिएको थियो । त्यस्तै, कतारमा गरिएको अर्को एक अध्ययनमा फाइजरको पूर्ण खोप लगाएका व्यक्तिमा दुई महिनापछि एन्टीबडी घटेको पाइएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

पहिलो डोज लगाउँदा बढेको एन्टीबडी दोस्रो डोज लगाउँदा उच्च विन्दुमा पुगेको र त्यसपछि घटेको अध्ययनको निस्कर्ष छ । अध्यययन वेलायतको जर्नल अफ मेडिसिनमा प्रकाशित छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्