Shikhar Insurance

शिभम् सिमेन्टका लगानीकर्तालाई २९ प्रतिशत लाभांश, कात्तिक १६ मा वितरण हुँदै 

सिंहदरबार संवाददाता
२०७८ आश्विन २४, आईतवार ११:११
NIMB
Nabil Bank

काठमाडौंं । शिभम् सिमेन्टले २९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्षको सञ्चित नाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । घोषित २९ प्रतिशत नगत लाभांश १ अर्ब २७ करोड ६० लाख रुपैयाँ हुन आउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको असोज २२ गते बसेको ९२औं संचालक समितिको बैंठकले कर प्रयोजन सहित आगामि साधारण सभामा सो नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले आगामी कात्तिक १६ गते साधारण सभाको मिति तय गरेको छ ।

साधारण सभामा कर्जा लिने सम्बन्धमा संचालक समितिलाई अख्तियारी दिने, कच्चा पदार्थ बिक्री गर्ने, लेखापरीक्षक नियुक्त लगायत सबै प्रस्ताव पेश हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्