Shikhar Insurance

‘कृत्रिम’ विदेशी मुद्रा निक्षेपमा राष्ट्र बैंकको लगाम, ब्याज पाउनेगरी अर्को बैंकमा खाता खोल्नै नपाउने

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १९:०१
NIMB
Nabil Bank

काठमाडौं । विदेशी निक्षेपको कृत्रिम विकृतिलाई राष्ट्र बैंकले लगाम लगाएको छ । एक बैंकले अर्को बैंकमा निक्षेप खाता नै खोल्ने कामै बन्द गर्दै सो विकृतिलाई केन्द्रीय बैंकले बन्देज गरेको हो ।

राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ लाई संशोधन तथा परिमार्जन गर्दै अबदेखि एक बैंकले अर्को बैंकमा कुनै पनि प्रकारको निक्षेप खाता खोल्न नपाउने उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघिसम्म राष्ट्र बैंकले स्वदेशी मुद्राको निक्षेपमा मात्र रोक लगाएको थियो । जसकारणले गर्दा एक बैंकले प्राप्त गरेको विदेशी मुद्राको निक्षेप अर्को बैंकमा मुद्दती खातामा ब्याज पाउने गरी जम्मा गर्न पाउँथे ।

जसकारणले गर्दा बैंकहरुले तोकिएको सीडी रेसियो पुर्‍याउन विदेशी मुद्राको कृत्रिम निक्षेपको देखाएका थिए । राष्ट्र ब्रैंकले सीडी रेसियोमा विदेशी मुद्रामा प्राप्त निक्षेपलाई समेत कुल निक्षेपमा गणना गर्ने व्यवस्था गरेपछि ९० प्रतिशत सीडी कायम गर्न बैंकहरुले विदेशी मुद्राको निक्षेपको कृत्रिम निक्षेप देखाउन थालेका थिए ।

जसलाई राष्ट्र बैंकले मुहानबाटै बन्देज लगाएको हो । बैंकहरुले आपसमा निक्षेप जम्मा गर्दा मागेको बेला फिर्ता पाउने गरी कल डिपोजिटको खातामात्र खोल्न सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले तोकिएको भन्दा बढी स्वदेशी वा विदेशी मुद्राको कारोबार गरेमा त्यस्तो कारोबारको विवरण कारोबार भएको मितिले १५ दिनभित्र गोएएमएल सफ्टवेयरमार्फत वित्तीय जानकारी इकाईमा उपलब्ध गराउनुपर्नेछ । तोकिएको कारोबारका लागि छुट्टा छुट्टै (टीटीआर) पेश गर्नु पर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्