Shikhar Insurance

वृद्ध भत्ता अझै बढाउने सरकारको संकेत, मन्त्री भन्छिन्ः हामी सकारात्मक छौं

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २, मंगलवार २०:३०
NIMB
Nabil Bank

तनहुँ । सरकारले वृद्ध भत्ता अझै बढाउने संकेत गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले तनहुँको देवघाट पुगेर वृद्ध भत्ता बढाउने संकेत गरेकी हुन । तनहुँको देवघाट गाउँपालिका–५ स्थित देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको वृद्धाश्रमको निरीक्षण गर्दै मन्त्री रेग्मीले ज्येष्ठ नागरिकको सेवा, सुविधा वृद्धि गर्न सरकार सकारात्मक रहेको बताएकी हुन् ।

मन्त्री रेग्मीले भनिन–‘वृद्धाश्रमलाई व्यवस्थित र ज्येष्ठ नागरिकलाई दिइने सेवा सुविधामा वृद्धि गर्न सरकार गम्भीर रहेको बछ ।’

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री रेग्मीले ज्येष्ठ नागरिकलाई जीवनको उत्तरार्धमा कुनै समस्या हुन नहुने बताइन् । ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले सरकारले पनि उनीहरुको सम्मानमा कुनै कसर बाँकी नराख्ने बताइन् ।

वृद्धाश्रमका अध्यक्ष एवं देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले सरकारी अनुदान पर्याप्त नहुँदा वृद्धाश्रम सञ्चालनमा समस्या परेको बताए । सो अवसरमा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले आश्रमको अहिलेको अवस्थाका बारेमा मन्त्री रेग्मीलाई जानकारी गराएका थिए ।

वृद्धाश्रममा हाल ३८ जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् । विसं २०५२ बाट सञ्चालनमा आएको यो आश्रम सञ्चालनका लागि दैनिक करिब ११ हजार खर्च हुने गरेको छ । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले आश्रमका ज्येष्ठ नागरिकलाई भोजन गराउँदै आएका छन् ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्