Shikhar Insurance

१८ औं हस्तकला व्यापार मेला मंसिर ३ गतेदेखि, प्रवेश निःशुल्क

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २९, सोमबार १६:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल हस्तकला महासंघले १८ औं हस्तकला व्यापार मेला आयोजना गर्ने भएको छ । महासंघको आयोजनामा मंसिर ३ देखि ५ गतेसम्म राजधानीको हायात रेजेन्सी बौद्ध, काठमाडौंमा १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रदर्शनी एवं मेलाको माध्यमबाट हस्तकलाको आन्तरिक व्यापार प्रवद्र्धन र निर्यात व्यापारमा समेत टेवा पु¥याउने उद्देश्यले महासंघले वर्षेनी मेला आयोजना गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालको मौलिक पहिचानसहित हस्तकला उद्योग व्यवसायले स्वदेशी सिप, स्रोतसाधनको प्रयोगले हस्तकला वस्तुको उत्पादन र स्वरोजगारको अवसर प्रदान गर्नुका साथै मुलुकलाई आर्थिक विकास र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पु¥याएको छ । कोभिड महामारीको असर हस्तकला क्षेत्रमा पनि पर्नुमा साथै वस्तुहरुको आयात र निर्यातमा समेत असर परेको हुदाँ विगतका दिनमा भन्दा केही नयाँ अवधारणाका साथ यो व्यापार मेला आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन प्रधानमन्त्रीबाट हुने संघले जनाएको छ । एकै छानामुनी हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री हुने उक्त मेलामा १२० वटा भन्दा बढी व्यापारिक स्टलहरु रहनेछन् भने मेलाले ई–कला नेपाल अनलाइन पोर्टलको सुरुवात र साधनमाला पुस्तकको समेत विमोचन हुनेछ ।

मेलामा हस्तकलाका वस्तुहरुको निर्यात गर्ने व्यक्तिलाई सम्मान गर्ने, वर्षको उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने, शिप हस्तान्तरण तथा पुस्तान्तरण गर्ने, हस्तकलाका विभिन्न विधामा संलग्न ७० वर्ष नागेका जेष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गर्ने बताइएको छ । करिब ३० हजार भन्दा बढी आगन्तुकले मेलाको अवलोकन गर्ने आयोजकको दाबी छ । मेला प्रवेश निःशुल्क गर्न सकिनेछ ।

मेलामा भन्सार विभागले राट्रिय एकद्वार भन्सार प्रणालीबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछ भने निर्यातजन्य विभिन्न ३६ विधाका हस्तकला वस्तुहरुको प्रदर्शनी समेत हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्