Shikhar Insurance

आगोसँग नखेल्न अमेरिकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको चेतावनी

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३०, मंगलवार १९:३९
NIMB
Nabil Bank

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले आगोसँग नखेल्न अमेरिकी राष्ट्रपति जो वाइडेनलाई चेतावनी दिएका छन् । सर्वशक्तिमान दावी गर्ने दुई देशका राष्ट्रपतिबीचको भर्चुअल बैठकमा चिनियाँ राष्ट्रपति सिले आगोसँग नखेल्ने अमेरिकी राष्ट्रपति वाइडेनलाई चेतावनी दिएका हुन् ।

वाइडेनले ताइवानका विषयमा लिइने एकतर्फी निर्णयको अमेरिकाले कडा बिरोध गर्ने बताएका थिए । त्यसको जवाफमा सिले ताइवानको स्वतन्त्रताका विषयमा बोल्नु भनेको आगोसँग खेल्नु बराबर भएको र त्यसो गरि जलेर नष्ट हुने चेतावनी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

दुई नेताबीच शिंजियाङ, हङकङ र ताइवानका विषयमा छलफल भएको थियो । जो वाइडेनले ताइवानमाथि चिनले आक्रमण गरेमा अमेरिकाले प्रतिरक्षा गर्ने बताउँदै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्