Shikhar Insurance

खरिद गरेको सेयर सोही दिन बिक्री गर्न सकिने व्यवस्था हुँदै, ४० कम्पनी योग्य (प्रतिवेदनसहित)

रोविन पौडेल
२०७८ मंसिर १९, आईतवार १३:०९
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा एक दिनमै सेयर खरिद बिक्रीको व्यवस्था गर्न सकिने एक अध्ययनले देखाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गरेको एक अध्ययनले धितोपत्रको अन्तर्दिवसीय (इन्ट्राडे) कारोबार सम्भव देखाएको हो ।

हाल लगानीकर्ताले खरिद गरेको सेयर आफ्नो खातामा आइपुग्न नै ३ दिन लाग्छ भने सोही सेयर बेचेर नाफा गर्न कम्पतिमा एक साता लाग्ने गरेको छ । नेप्सेले गरेको अध्ययनले यसरी साता दिन सम्म लाग्ने कारोबार अवधिलाई १ दिनमै झार्न सकिने देखाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्सेका प्रवक्ता मुराहरी पराजुली नेतृत्वको उपसमितिले चैत ५ गते ‘अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सम्बन्धी अध्ययन प्रतिवेदन, २०७७’ तयार पारेको थियो । पराजुलीको नेतृत्वमा बनेको सो अध्ययनले एक दिनभित्रै सस्तो मूल्यमा सेयर किन्ने र महँगोमा बेच्ने अथवा महंगोमा बिक्री गरेपछि सस्तोमा खरिद गरेर सापटी तिर्न सक्ने वातावरण बनाउन सकिने औंल्याएको हो ।

अध्ययन उपसमितिमा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा, ब्रोकर एसोसियन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली, सीडीएससीका प्रतिनिधी सदस्य थिए ।

प्रतिवेदनका अनुसार केही कानुनी सुधार तथा केही प्रणालीगत सुदृढीकरण आत्मसाथ गर्न सके नेपालमा एक दिनभित्रै सेयर किनेर बेच्न सम्भावना छ । प्रतिवेदनले औंल्याएका विषयलाई नेपाल धितोपत्र बोर्डले र अर्थमनत्रालयले नीतिगत र ऐनमै संशोधन तथा परिमार्जन गर्नुपर्ने हुन्छ ।

सम्बन्धित निकायले आवश्यक प्रक्रिया पूरा गरेर कानुन तथा नीतिगत व्यवस्था गरी कार्यन्यवनमा आएमा लगानीकर्ताले एक दिनभित्रै सस्तो मूल्यमा सेयर किन्ने र महँगोमा बेच्ने अथवा महंगोमा बिक्री गरेपछि सस्तोमा खरिद गरेर सापटी तिर्न सक्ने वातावरण हुनेछ ।

मूल्य घट्दा पनि कमाउन सक्ने व्यवस्था हुँदै, सेयर सापटी लेनदेनबाट यसरी हुन्छ लाभ (प्रतिवेदन)

अध्ययन प्रतिवेदनले औंल्याएका विषय हाल सम्बन्धित निकायमा छलफलको क्रममा छन् । अध्ययनले प्रस्ताव गरेको व्यवस्था अनुसार नेप्सेमा सूचिकृत कम्पनीहरुमध्ये करिब ४० वटा कम्पनीको इन्ट्रा डे कारोबार सम्भव देखिएको छ । तीमध्ये अधिकांश वाणिज्य बैंकहरु हुने अध्ययनले औंल्याएको छ ।

अध्ययन प्रतिवेदनले औंल्याएका विषय कार्यान्वयन भएमा जोखिम मोल्न सक्ने र छोटो समयमा बजारबाट लाभ लिने उद्देश्यसहित प्रवेश गरेका कारोबारीका लागि नेपाली सेयर बजार पनि परिस्कृत प्लेटफर्म बन्न सक्छ ।

एक दिनै सेयर खरिदबिक्री गरी यसरी उठाउन सकिन्छ लाभ
दोस्रो बजारमा सेयरको कारोबार गर्नेहरुको मुल उद्देश्य सेयर किन्ने, आफ्नो स्वमित्वमा लिने र नाफा भएपछि बेच्ने हुन्छ । तर, सबैजनाको योजना लामो समय होल्ड गरेर पुँजीगत लाभ लिने नहुन सक्छ । र, सबैजनालाई नाफा खानकै निम्ति सेयर किन्नु पनि हुँदैन, कोहीकोही सापटी फिर्ताका लागि पनि सेयर किन्छन् ।

यस्ता लगानीकर्ता पनि हुन्छन्, जो कमभन्दा कम सयम दोस्रो बजारमा रहन चाहन्छन् । उनीहरुलाई सेयर कारोबारी मानौं ।

विकसित सेयर बजारमा एकदिनभित्रै सेयर किनेर बेच्न सक्ने व्यवस्था छ । अमेरिका, भारत, ताइवान, सिंगापुर लगायत देशमा यो औजार उपलब्ध छ ।

संगठित पुँजीबजारको ३ सय वर्ष लामो इतिहासमा अन्तर्दिवसीय कारोबारको इतिहास ५० वर्षको छ ।

ती देशमा लगानीकर्ताहरुको कारोबार एक दिनमा सीमित हुन्छ । उनीहरु एक दिनभित्रै सस्तो मूल्यमा धितोपत्र किनेर महंगोमा बेच्न सक्छन् । वा महँगोमा बिक्री गरेपछि सस्तोमा खरिद गरेर आफ्नो दायित्व (उधारो) पूरा गर्न सक्छन् ।

एकैदिन किनेर बेच्न चाहनेलाई सेयरको मूल्य उतारचढावसँगमात्र चासो हुन्छ । उनीहरुलाई लाभांश बटुल्ने, कम्पनीको सञ्चालक बन्ने जस्ता चाहना हुँदैन ।

अन्तर्दिवसीय कारोबार हुने बजारमा कारोबारीले कुनै दिन खरिदरबिक्री गरेको सेयरसोही दिन बिक्रीरखरिद गर्नु पर्ने हुन्छ ।

अमेरिका, भारत जस्ता देशमा लगानीकर्तालाई नयाँ अवसर उपलब्ध गराउने एवं बजारको तीब्र उतारचढावलाई समेत सन्तुलनमा राख्न अन्तर्दिवसीय कारोबार सञ्चालनमा ल्याइएको छ ।

नेपालमा कानुनी जटिलता, अन्तर्दिवसीय कारोबारको फाइदा/बेफाइदा
नेपालका प्रचलित ऐन तथा नियमले अन्तर्दिवसीय कारोबारको परिकल्पना गरेका छैनन् । हाल तेस्रो दिनमात्र सेयर र पैसा पाउने व्यवस्था भएकाले संरचना र कानुनमा ठूलो हेरफेर गर्नुपर्ने हुन्छ ।

पछिल्लो समयमा धितोपत्रको दोस्रो बजार कारोबारमा सहभागी हुनसक्ने लगानीकर्ताको संख्या २० लाख नाघेको छ । नेप्से अनलाइन ट्रेडिङ सिस्टम ९नट्स० का प्रयोगकर्ताको संख्या करिब १० लाख छ । संस्थागत लगानीकर्तातर्फ म्युचुअल फन्ड, बैक तथा वित्तीय संस्था, बिमा कम्पनी, लगानी व्यवस्थापक, धितोपत्र व्यापारी र प्राइभेट इक्विटी फन्ड धितोपत्रको दोस्रो बजार कारोबारमा सक्रिय छन् ।

यस्ता संस्थागत लगानीकर्ताले सार्वजनिक मञ्चहरुमा पनि अन्तर्दिवसीय कारोबारको माग गर्ने गरेका छन् । यसैगरी पूर्ण स्वचालित कारोबार प्रणाली सञ्चालनमा आएसँगै व्यक्तिगत लगानीकर्ताले पनि अन्तर्दिवसीय कारोबारको माग गर्न थालेका छन् ।

अन्तर्दिवसीय कारोबारसँगै आउने धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सञ्चालनका लागि हालसम्म कुनै नीतिगत पूर्वाधार तयार भएको छैन । “यसलाई धितोपत्र ऐन, २०६३ अन्तर्गत बनेका नियम विनियमहरुमा परिमार्जन तथा संशोधन गरी सम्बोधन गर्न सकिन्छ र केही नयाँ कार्यविधि तर्जुमा गर्नुपर्ने हुन्छ,” अध्ययन प्रतिवेदनमा भनिएको छ ।

ऐननियममा आवश्यक परिमार्जन गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, सदस्य धितोपत्र दलाल, मर्चेन्ट बैकहरु छोटो समयको तयारीमै अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केटमा सहभागी हुन सक्ने प्रतिवेदनले औंल्याएको छ । साथै बजारका अरु सहभागीलाई पनि यस्ता नयाँ औजारबारे अभिमुखीकरण आवश्यक हुन्छ ।

यी तीनै औजार नट्समार्फत् सञ्चालन गर्न सकिने अध्यययन प्रतिवेदनको ठहर छ ।

अन्तर्दिवसीय कारोबारका फाइदा तथा बेफाइदा दुवै छन् ।

१. फाइदाहरुः
अन्तर्दिवसीय कारोबारमा थोरै पुँजीमा पनि लगानीकर्ताले बजारबाट लाभ उठाउन सक्ने सुविधा हुन्छ ।

अन्तर्दिवसीय कारोबारमा मार्जिन सुविधाको उपयोग गर्दै स्वपुँजीभन्दा धेरै गुणाको कारोबारमा संलग्न हुन पाउने अवसर कारोबारीसँग हुन्छ । एकै दिनमा राफसाफ गरिने हुँदा उच्च तरलतायुक्त धितोपत्र मात्रै किनबेच हुन्छ । यसले समग्र बजारको तरलता वृद्धिमा पनि सहयोग र्पुयाउँछ । बजारको अत्यधिक उतारचढावलाई समेत रोक्न सहयोग गर्छ ।

यसैगरी अन्तर्दिवसीय कारोबारमा ब्रोकर कमिसन कम हुन्छ । र, सेयर मुल्यमा प्रभाव पार्ने सूचनाको असर १ दिनभन्दा बढी हुँदैन ।

२. बेफाइदाः
तर, अन्तर्दिवसीय कारोबारमा लगानीकर्ताले ससानो मूल्य परिवर्तनबाट लाभ उठाउने प्रयास गर्ने भएकाले अत्यधिक जोखिम हुन्छ । कारोबारको आकार बढ्दै जाँदा सम्भावित नोक्सानीको परिमाण पनि बढ्दै जान्छ ।

सेयर कारोबारीका लागि बजारमा निरन्तर आइरहने सूचना टाउको दुखाइ बन्छ । उनीहरुले लाभांश लिने, सञ्चालक बन्ने जस्ता लाभ लिन सक्दैनन् ।

यस्ता कम्पनी योग्य, नेप्से र धितोपत्र बोर्ड नेतृत्वबिहीन बन्दा काम अड्कियो
अध्ययनले प्रस्ताव गरेको व्यवस्था अनुसार नेप्सेमा सूचिकृत कम्पनीहरुमध्ये करिब ४० वटा कम्पनीको इन्ट्रा डे कारोबार सम्भव देखिएको छ । तीमध्ये अधिकांश वाणिज्य बैंकहरु हुने देखिन्छ ।

अध्ययन प्रतिवेदन अनुसार कम्तिमा पनि १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पति चुक्ता पुँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश दिएको, अघिल्लो आवमा दोश्रो बजारमा कम्तिमा पनि ८० प्रतिशत दिन कारोरबार भएको, आर्थिक वर्ष सकिएको ६ महिनाभित्रै साधारण सभा सम्पन्न गर्ने र समयमै त्रैमाविक विवरण प्रकाशित गर्ने कम्पनीहरु मात्रै इन्ट्रा डे कारोबारका लागि योग्य हुन सक्नेछन् ।

यी मापदण्ड पुगेका कम्पनीको संख्या ४० देखि ५० को संख्यामा छ ।

तर, कानुनी व्यवस्था गर्दा उल्लेखित सुझावभन्दा कडा गरियो भने संख्या घट्न सक्ने अध्ययन नेतृत्वकर्ता पराजुली बताउँछन् ।

अध्ययनले दिएको सुझाव अनुसार नितिगत व्यवस्था र संरचनागत सुदृढीकरणको काम फास्ट ट्रयाकमा काम गर्ने हो भने ६ महिना भित्र इन्ट्रा डे कारोबार सम्भव हुन्छ । इन्ट्रा डे कारोबारका लागि धितोपत्र सापटी वा अक्सन मार्केटमध्ये एउटा व्यवस्थासँगै ल्याउनुपर्छ ।

तर, अहिले धितोपत्र बजारको नियामक र बजार सञ्चालक नेप्से दुवै नेतृत्वबिहीन छन् । यस्तोमा नयाँ औजार ल्याउने काम पनि प्रभावित भएको हो ।

 

यस्तो छ प्रतिवेदनः

GBIME

प्रतिक्रिया दिनुहोस्