Shikhar Insurance

प्रचण्डको सचिवालयले भन्योः पुँजी बजारको संरक्षण र साना लगानीकर्ताको हित रक्षा गर्न पहल गर्छाै

सिंहदरबार संवाददाता
२०७८ मंसिर २७, सोमबार ०८:५६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले पुँजी बजारका साना लगानीकर्ताहरुको संरक्षण आवश्यक रहेको बताएको छ । पुँजी बजार सम्बन्धी प्रचण्डको अभिव्यक्तिको सर्वत्र बिरोध भएपछि उनको सचिवालयले ट्वीटर मार्फत स्पष्टीकरण दिएको हो ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले पार्टी अध्यक्षको धारणा सिद्धान्ततः ठिक रहेको दावी गर्दै साना लगानीकर्ताहरुको हित संरक्षण आवश्यक रहेको बताएका हुन् । मल्लले लेखेका छन्–‘पुजी बजारबारे अध्यक्ष कमरेड प्रचण्डले हिजो राखेको सैद्धान्तिक विषय एकदम सहि छ । यद्यपी अहिलेको नेपाली पुजीः शेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न पार्टीले सचेत पहल र प्रयत्न गर्ने विषयलाई हामी स्पष्ट गर्न चाहन्छौ।’

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्