Shikhar Insurance

नबिलले एनबी बैंकलाई ५० रुपैयाँमा खरिद गर्ला ? यस्तो छ स्वाप रेसियोको मोलमोलाइ

सिंहदरबार संवाददाता
२०७८ पुष १६, शुक्रबार १३:१९
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जर प्रक्रिया औपचारीक रुपमा अघि बढेको छ । एनबीसँग साता दिन भित्र प्रारम्भिक सम्झौता (एमओयू) गर्ने गरी नबिल बैंकले मर्जर कमिटी गठन समेत गरिसकेको छ ।

एनबी बैंकमा रहेको बंगलादेशी बैंक आईएफआईसीको ४०.८९ प्रतिशत सेयर नबिल बैंकको सबैभन्दा ठूला लगानीकर्ता तथा चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले श्रीमती सारिका चौधरीको नाममा खरिद गरेपछि मर्जरको प्रक्रियाले तीव्रता पाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसै साता बसेको दुबै बैंक संचालक समितिको बैठकले मर्जर कमिटी गठन गर्न निर्णय गरेपछि नबिल बैंकले चौधरी ग्रुपले एनबीमा भएको बंगलादेशी सेयर खरिद गरेपछि मर्जर कमिटी गठन गरी थप अध्ययन गरिरहेको छ ।

बैंकले गत असारमा युनाइटेड फाइनान्सलाई ३५ को स्वाप रेसियोमा खरिद (एक्वायर) गरेको नबिलले चालु आर्थिक वर्षभित्रै कुनै एक वाणिज्य बैंकलाई एक्वायर गर्ने योजना राखेको थियो । एनबी बैंकलाई एक्वायर गर्दा स्वाप रेसियो भने युनाइटेडकै हाराहारीमा दिने योजना बनाएको नबिल मर्जर कमिटीका एक अधिकारीले बताए ।

‘युनाइटेडलाई ३५ मा खरिद गरेका थियौँ, हाम्रो योजना चालु आवमा साना वाणिज्य बैंकलाई ४०/४५ को हाराहारीमा खरिद गर्ने हो,’ ती अधिकारीले सिंहदरबारसँग भने, ‘एनबी बैंकलाई पनि सोही स्वाप दिइने कमिटीमा एक तहको सहमति भएको छ तर, फाइनल डीडीए (सम्पती तथा दायित्व मूल्यांकन) नहुँदासम्म आधिकारीक स्वाप रेसियो तय हुँदैन ।’

एनबी बैंकसँग मर्जरको लागि नबिल बैंकले संचालक उदयकृष्ण उपाध्ययको संयोजकत्वमा बिहीबार नै मर्जर कमिटी समेत गठन गरिसकेको छ । मर्जर कमिटीले स्वाप रेसियो लगायतका विषयमा अध्ययन तथा छलफल गरी प्रारम्भिक सम्झौताको तयारी गरिरहेको छ । मर्जरको प्रारम्भिक सम्झौता साता दिन भित्रै गर्ने गरी नबिल बैंक कर्जर कमिटिले प्रिलिमिनरी डीडीएको प्रक्रिया अघि बढाएको उनको भनाई छ ।

यता, नबिल बैंकसँग एक्वायरको सहमति गरिसकेको एनबी बैंक स्वाप रेसियो ५० देखि ५५ को हाराहारीमा दिनुपर्ने अडानमा छ । फाइनल डीडीए पछि नै वास्तविक स्वाप रेसियो तय हुने भएपनि प्रारम्भिक सम्झौतामै कम्तीमा ५० प्रतिशत स्वाप रेसियो तोकिनु पर्ने एनबी बैंकका एक संचालक बताउँछन् ।

‘नबिल र एनबीको इपीएस २५/२५ रुपैयाँ नै हो, यसलाई हेर्दा त मर्जरमा १ः१ नै स्वाप रेसियो हुनुपर्ने हो, तर हाम्रो पर्फमेन्स, क्यापिटल र अन्य वित्तीय सुचकांकअनुसार नबिलले त्यो स्वापमा मर्जर गर्दैन,’ एनबी बैंकका संचालकले सिंहदरबारसँग भने, ‘तर, युनाइटेडलाई ३५ मा खरिद गरेको भन्दैमा एनबीलाई पनि ३५/४० नै दिन्छु भन्न मिल्दैन, हामीले ५० माथि ५५ सम्ममा कुरा गरिरहेका छौं ।’

नबिलले आफ्नै लगानीकर्ता ग्रुप चौधरी ग्रुपकै लगानीमा रहेको युनाइटेडलाई सस्तोमै खरिद गरेको थियो । गत असारा खरिद गरेको युनाइटेडको मार्केट भ्याल्यु अहिअले ४७ पुगिसकेको ती संचालकको भनाइ छ । यसले गर्दापनि नबिलले एनबी बैंकलाई ५० माथि नै स्वाप रेसियो दिनु पर्ने उनको भनाई छ ।

शुक्रबार श्रीमतीको नाममा एनबी बैंकको सेयर किन्दै बिनोद चौधरी, एकसाताभित्र मर्जर सम्झौता

‘फाइनल डीडीए माघ अन्तिम सम्ममा होला । अध्ययन गर्दा समेत एनबीले पाउने स्वाप रेसियो ५० भन्दा माथि नै देखाउने प्रवल सम्भावना छ,’ ती संचालक भन्छन्, ‘गत वर्ष समेत नबिलले ४० स्वाप रेसियो दिने अफर गरेको थियो, अहिले हाम्रो क्यापिटल ग्रोथ नभएपनि विजनेस र प्रोफिट ग्रोथ राम्रो भइसकेको छ ।’

बजारमा एनबी बैंकको सेयर मूल्यसमेत बढिरहेको हुँदा नबिलले सोको समेत मूल्यांकन गरी ५० प्रतिशत माथि स्वाप रेसियो तय गर्दा ‘विन–विन’ को स्थिति हुन सक्ने उनले बताए ।

नबिल बैंकले एनबी बैंकलाई मर्जर गर्ने हल्ला चलेसँगै दोस्रो बजारमा एनबी बैंकको सेयर खरिद गर्ने लगानीकर्ता बढिरहेका छन् । खरिदकर्ताको आकर्षणमा एनबीको सेयर पर्दा सेयर मूल्य समेत दैनिक उच्च दरमा बढेको छ ।

नबिलसँग एनबी मर्जर हुँदा राम्रै स्वाप रेसियो पाउने अनुमान गर्दै लगानीकर्ताहरु सेयर खरिदमा भिड छ । बिहीबार दोस्रो बजारमा नबिल बैंकको सेयर १४ सय ५० रुपैयाँ र एनबी बैंकको सेयर ४०२ रुपैयाँ ५० पैसा कायम भएको छ । दुई साता अघिसम्म ३ सय ५० रुपैयाँको हाराहारीमा कारोबार भएको एनबी बैंकको सेयर नबिल बैंकसँग मर्जर हुने हल्लाले आधिकारीकता पाउने भएसँगै बढ्दो छ ।

यता नबिल बैंकको भने सेयर मूल्यमा मर्जर हल्लाको खासै प्रभाव देखिँदैन । २ साता अघिसम्म साढे १५ सय रुपैयाँसम्म खरिद बिक्री भएको नबिलको सेयर एनबीसँग मर्जरको हल्लाले तिव्रता पाएपछि मूल्य घटिरहेको छ ।

मर्जरको सम्झौतापत्रमा हस्ताक्षर भएपछि दोस्रो बजारमा कारोबार रोक्का हुनेछ र नेप्सेले मर्जरपछि बन्ने नयाँ बैंकको सेयर मूल्य समायोजन गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्