Shikhar Insurance

सिनियर डीसीईओ बनेर नेपाल लाइफ गए पराजुली, सीईओ बन्न बीमा समिति बाधक

सिंहदरबार संवाददाता
२०७८ पुष २५, आईतवार १४:२६
NIMB
Nabil Bank

काठमाडौं । प्रवीन रमण पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनेका छन् । यसअघि रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुली अल्पकालका लागि नेपाल लाइफको फस्ट म्यान बनेका हुन् ।

नेपाल लाइफ केही महिनादेखि नेतृत्वबिहीन छ । यस्तोमा सीईओ बन्ने सर्तमा पराजुली नेपाल लाइफ गएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एउटा बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहेका व्यक्ति कम्तिमा ६ महिना कुलिङ पिरियड बिताएपछि मात्र अर्को कम्पनीको नेतृत्व गर्न पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार ६ महिना कुलिङ पिरियड काटेपछि उनले नेपाल लाइफ सीईओको जिम्मेवारी सम्हाल्ने तयारी भएको थियो ।

तर, संस्थागत सुशासनसम्बन्धि बीमा समितिको नयाँ निर्देशन पराजुलीलाई नेपाल लाइफको सीईओ बन्न बाधा पुर्‍याउने भएको छ । समितिले नीतिगत डण्डा चलाउने गरी बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ माथि लाई पहिलो संशोधन गरी ३ महिनाभन्दा बढी सीइओ पद खाली राख्न नपाउने व्यवस्था गरेको हो ।

कात्तिक २१ गतेदेखि नेपाल लाइफ नेतृत्वबिहीन छ । अर्थात् कम्पनीले माघ २१ अघि नै सीईओ नियुक्त गरिसक्नुपर्नेछ । तर, त्यतिबेलासम्म पराजुलीको कुलिङ पिरियड नसकिने भएकाले समितिको नयाँ व्यवस्थाले पराजुलीलाई बाधा पुगेको हो ।

पराजुलीले आइतबारबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्