Shikhar Insurance

नेप्सेको सीईओ बनाउन यी ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस

सिंहदरबार संवाददाता
२०७८ पुष २६, सोमबार २०:५६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि ३ जनाको नाम सिफिरिस भएको छ । छनोट समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा ५ जनामध्येबाट सीईओ नियुक्तिका लागि ३ जनाको नाम मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।

सीइओको लागि कुल ११ जनाले आवेदन दिएकामा ५ जनाको नाम सर्टलिस्टिङमा परेको थियो । उनीहरूले हिजो अन्तर्वार्ता र प्रस्तुतीकरण दिएका थिए । स्रोतका अनुसार जसमा कृष्णबहादुर कार्की, डा। केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषदमा सिफारिस भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्रिपरिषदले यीमध्ये १ जनालाई नेप्सेमा ४ वर्षे नेतृत्वको अवसर दिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्