Shikhar Insurance

आफूसँग सम्झौता गरेर एनबी बैंकको सेयर चौधरीलाई बेच्न ठीक्क परेपछि अदालत पुगे दुगड

सिंहदरबार संवाददाता
२०७८ पुष २७, मंगलवार १४:०५
NIMB
Nabil Bank

काठमाडौं । आफूसँग गरेको सम्झौता तोडेर थाहै नदिइ एनबी बैंकमा रहेको सेयर सेयर बिनोद चौधरीलाई बेच्न तयार भएपछि एमभी ग्रुपका अध्यक्ष मोतीलाल दुगद आईएफआईसी बैंकविरुद्ध अदालत पुगेका छन् । सन् २०२१ अप्रिल २ तारिखमा दुगडसँग सेयर बेच्ने सम्झौता गरेको आईएफआईसीले दुगडलाई ९ महिना झुलाएर डिसेम्बर ३० तारिखमा बिनोद चौधरीलाई सेयर बेच्ने अर्को सम्झौता गरेको थियो ।

व्यवसायी दुगड सनराइज बैंकका अध्यक्ष हुन् । एनबी बैंकको सेयर किनेर सनराइज–एनबी बिग मर्जरको सपना देखेका दुगडलाई आईएफआईसीले छारो हालेपछि उनी अदालत धाउन बाध्य भएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालका एकमात्र अर्बपति एनबीको सेयर श्रीमती सारिका चौधरीको नाममा किनेर एनबीलाई नबिल बैंकमा मर्जर गराउन चाहन्छन् । तर, अर्का धनाढ्य दुगड लिखित सम्झौता गरेर आफूलाई धोका दिएको भन्दै अदालत पुगेका हुन् ।

दुगडले पाटनस्थिति उच्च अदालतमा एक साता अघि नै मुद्दा हालेका छन् । आईएफआईसीले आफूसँग गरेको सम्झौताबारे दुगडले राष्ट्र बैंकमा पनि जानकारी गराइसकेका छन् ।

आईएफआईसीले आफूसँग छलफल नै नगरी वा सम्झौता भंग नगरी चौधरी ग्रुपका अध्यक्षपत्नीलाई सेयर बेच्ने टुंगो लगाएको समाचार बाहिएपछि आफूमाथि अन्याय भएको भन्दै दुगड अदालत पुगेका हुन् ।

९ महिना आईएफआईसीले दुगडलाई आलटाल गर्दै आएको थियो । काम हुँदैछ भनेर आईएफआईसीले समय लम्ब्याइरहेको थियो ।

तर, आईएफआईसीले जनवरी ३० तारिखका दिन ढाका स्टक एक्स्चेन्जलाई पत्र लेख्दै नेपाल बंगलादेश बैंकमा रहेको आफ्नो स्वामित्व बेच्ने प्रक्रिया थालनी भइसकेको जानकारी गराएको थियो । तर, कसलाई बेच्ने भने खुलाइएको थिएन ।

यसबीचमा सो सेयर चौधरीपत्नी सारिकाले किन्ने तय भएको समाचार बाहिरिएको थियो ।

यसबारे दुगडले आईएफआईसीलाई जानकारी मागेपनि बंगलादेशी बैंकले जवाफ पठाएन । आफूसँग सम्झौता गरी अर्कोलाई सेयर बेच्न तयार भएको बुझेपछि दुगडले एक साताअघि उच्च अदालतमा मुद्दा हालेका हुन् ।

दुगडसँग गरेको सम्झौतामा बंगलादेशी बैंकका अध्यक्षले हस्ताक्षर गरेका थिए जसको प्रति दुगडले नेपाल राष्ट्र बैंक र अर्थ मनत्रालयमा पनि बुझाएका छन् । दुगडले नेपाल बंगलादेश बैंकको सञ्चालक समितिमा पनि यसबारे जानकारी गराएका थिए । कसैबाट प्रतिक्रिया नपाएपछि आफूमाथि छलकपट भएको दुगडको बुझाइ छ ।

नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई प्रोत्साहन दिएपछि वाणिज्य बैंकहरू पार्टनर खोज्ने क्रममा छन् । सानो व्यावसायिक आकार, आकर्षक प्रतिफल, सन्तुलित वित्तीय सूचकांक भएकाले एनबी सबैको च्वाइस बनेको छ ।

अर्कातर्फ बैंकमा सबैभन्दा बढी स्वामित्व भएको बंगलादेशी बैंक आईएफआईसी सेयर बेचेर बाहिरिन चाहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्