Shikhar Insurance

चिनियाँ राष्ट्रपति सि जिनपिङले भनेः दुस्मनीको नतिजा भयानक हुन्छ

सिंहदरबार संवाददाता
२०७८ माघ ४, मंगलवार १२:५०
NIMB
Nabil Bank

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले चिनसँगको दुस्मनीको नतिजा भयानक हुने चेतावनी दिएका छन् । वर्ल्ड इकोनोमिक फोरमको भर्चुअल बैठकलाई सम्बोधन गर्दै सिले चिनसँगको दुस्मनीको परिणाम भयानक हुने चेतवानी दिएका हुन् ।

उनले वैश्विक टकरावको नतिजा इतिहासमा समेत राम्रो नरहेकाले समस्याहरुको शान्तिपूर्ण समाधानको बाटो खोज्न आग्रह पनि गरे । उनले विश्व अर्थतन्त्रको अवस्था थप खराब हुनबाट रोक्नका लागि आर्थिक नीतिहरुमा परिमार्जन आवश्यक रहेको धारणा समेत राखेका छन् । त्यसका लागि विश्वका ठूला अर्थतन्त्रहरुका बीचमा समन्वय आवश्यक पर्ने पनि सिले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

विश्वव्यापी महामारीका वावजुद चिनियाँ अर्थतन्त्रले ठिक गतिमा रहेको दावी समेत उनले गरेका थिए । चेतावनीयुक्त भाषामा सिले देशहरुका बीचमा ठोस समन्वय आवश्यक पर्ने र समृद्ध देशहरुले आफुलाई जिम्मेवार रुपमा प्रस्तुत गर्नुपर्नेमा पनि जोड दिए । साथै धनीहरुले विकासशिल देशहरुको अहित हुने काम गर्न नहुने तर्फ पनि सचेत रहन आग्रह गरे ।

कोरोना महामारीका बीच चिन शुन्य कोरोनाको नीतिमा अघि बिढरहेको र विश्वका लागि उत्पादनको केन्द्र बन्न सफल रहेको उनको भनाई थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्