Shikhar Insurance

कृषि विकास बैंकले यत्तिमै चित्त बुझाउनु हुन्न, एग्रेशिभ मुभ लिनुसः गभर्नर अधिकारी

महाप्रसाद अधिकारी
२०७८ माघ ७, शुक्रबार १९:४४
NIMB
Nabil Bank

कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकले गर्नुपर्छ । अरु बाणिज्य बैंकहरुसँग पनि यसले प्रतिष्पर्धा गर्नुपर्नेछ । रिसोर्स मोबिलाइजेशन एउटा महत्वपूर्ण चुनौती हो । डिपोजिटको साइज यसले प्रवाह गरिरहेको कर्जाको साइज भन्दा कम रहेको अवस्था छ । त्यसलाई फेसिलेट गर्ने सिलशिलामा पनि हामीले कृषि बण्ड जारी गर्ने अनुमति दिएका थियौं । अन्य स्टेकहोल्डरहरुले पनि त्यो बण्ड खरिद गरेर सहयोग नै गर्नु भएको छ । आधुनिक बैंकिङ तर्फ पनि कृषि विकास बैंक अघि बढिरहेको छ, त्यसको कुनै सिमा छैन तर प्रविधिमा ध्यान भने दिनै पर्छ । मोडर्न टेक्नोलोजीको प्रयोग र समस्त ग्राहकहरुलाई त्यसमा लैजाने काममा पनि ध्यान दिनुपर्छ ।

बैंकले कृषकहरुका लागि पनि छुट्टै कार्ड गरेको छ । बैंकले लिएको इनिसियटिभ्स र योगदान सराहनिय छ । तर यत्तिमै चित्त बुझाउने कुरा हुँदैन्, निरन्तर सुधारको कामलाई एग्रेशिभ बनाउनुस् । बैंकको कोर क्यापिटल नै २९ अर्ब रुपैयाँको छ । एउटै ग्राहकलाई नै सात अर्ब भन्दा बढि कर्जा दिने क्षमता देखाउँछ । तर ग्राहक जेन्युइन हुनुपर्छ । बैंकको साइज यसरी बढिरहेको छ, कोर क्यापिट, क्यापिटल एडेक्वेशी रेसियामा पनि बैंक कम्फर्ट जोनमै छ । एनपीए भने अलिकति माथिल्लो साइजमा गैरहेको देखिन्छ । सीडी रेसियो अलि उच्च छ, त्यसलाई ठाउँमा ल्याउने काम गर्नुपर्छ । डिपोजिटको आधार बढाउनु होला ।

Citizen Life
Kumar Bank
Nepal Life

सबै भन्दा ठूलो चुनौती भनेको यो बैंकले कृषिमा नेतृत्व गर्नुपर्छ भन्ने मान्यताको सफल कार्यान्वयन हो । बैंकले कृषिमै धेरै भन्दा धेरै लगाानी गरोस भन्ने चाहान्छौं । कृषि औजार, स्टोर हाउस र कृषि बजारहरुमा कृषि कर्जाहरु जाओस् । कृषिमा उत्पादनदेखि बजारसम्मको पुरै चेनमा कृषि विकास बैंकले लगानी गरोस भन्ने हाम्रो चाहना हो ।

नेपाल राष्ट्र बैंकले तपाईहरुको कामको सराहना गर्छ । ऐन नियम र नियमनहरुको पालनामा पनि बैंक राम्रो छ । बैंकमा नेपाल सरकारको बहुमत सेयर रहेकाले सरकारले ल्याएको सहुलियत पूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जाको कार्यान्वयनमा बैंकले नेतृत्वदायी भूमिका निर्वाह गरोस् ।

आयात प्रतिस्थापन हुने उत्पादनहरुको विकासमा ऋण लगानी जाओस् । दुरदराजका किसान वर्ग र उद्यमीहरुको रिसोर्स केन्द्रित होस भन्ने कामना गर्छाै । (कृषि विकास बैंकको ५५ औं बार्षिकोत्सव समारोहमा गभर्नर अधिकारीले व्यक्त गरेको विचार)

GBIME

प्रतिक्रिया दिनुहोस्