Shikhar Insurance

क्रिप्टोकरेन्सी वा हाइपर फन्डको कारोबार गर्नुहुन्छ ? सावधान् ! राष्ट्र बैंकले दियो यस्तो चेतावनी

सिंहदरबार संवाददाता
२०७८ माघ ९, आईतवार १९:४६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंकले आज एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबारमा संलग्नहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

‘नेपालमा विदेशी विनियम वा मुद्राका रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा भर्चुअल करेन्सी तथा नेटवर्किङ लगायतका गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार गर्दा सर्र्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरू समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ,’ बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

 

 

 

 

सामाजिक सञ्जालमा यस्ता किसिमका भ्रामक सूचना फैलाएर हाइपर फन्डमा लगानी गर्न आह्वान गरिएको छः

के हो Hyper Fund ? कसरि हुन्छ आम्दानी ?

-Hyper Fund एउटा investment Plan हो जसमा तपाइँको लगानी 20 महिनामा तेब्बर हुन्छ। प्रत्येक दिन 0.5% ले Return आउँछ तपाईको एकाउन्टमा ।

-यसमा 300$/500$/1000$ को investment package हुन्छ।तपाईले आफ्नो क्षमताअनुसार जुनसुकै package लिन सक्नुहुन्छ।

-मानिलिउँ तपाईले 1000$ को package लिनुभो भने तपाइँको कुल आम्दानी 3000$ हुन्छ। प्रत्येक दिन तपाँईलाई 5$ return आउँछ। 20 महिनासम्म यसरि नै आउँछ।

-1000$ लगानी गर्दा तपाइँको महिनाको 17,850 आम्दानी हुन्छ 20 महिनासम्म।

-स्मार्टफोन र इन्टरनेटको माध्यमबाट जो कोहिले सजिलै आम्दानी गर्न सक्छन् ,तपाइँले काम गर्नु पर्दैन पैशाले तपाइँको लागी काम गर्छ।

-लगानीको 7 महिनामा तपाइँको लगानी उठ्छ,50$ तपाईको A/c मा जम्मा भएपछी पैशा withdraw गर्न सक्नुहुन्छ।

-यो network marketing होइन,कम्पनीको बारेमा राम्ररी बुझेर लगानी गर्नुहोला।

GBIME

प्रतिक्रिया दिनुहोस्