Shikhar Insurance

नेपाल बंगलादेश बैंकको सेयर खरिद प्रकरणः दुगडको दावी कमजोर, चौधरीलाई बाटो खुल्दै

सिंहदरबार संवाददाता
२०७८ माघ १३, बिहीबार १५:०५
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई आफूमा विलय गराउने सम्बन्धी प्रारम्भिक सम्झौतामा पुस २९ गते हस्ताक्षर भैसकेको छ । नेपाल बङ्गलादेश बैंकले नबिलमा विलय हुने निर्णय गरेपछि सनराइज बैंकका अध्यक्ष समेत रहेका व्यवसायी मोतिलाल दुगड भने अदालत गुहार्न पुगे ।

उनले नेपाल बंगलादेश बैंकको बंगलादेशी लगानीकर्ता आईएफआईसीले आफूलाई धोका दिएको भन्दै पाटन उच्च अदालत र काठमाडौं जिल्ला अदालतमा मुद्धा हाले । पाटन अदालतले दुगडका पक्षमा कुनै फैसला गरेन तर काठमाडौं जिल्ला अदालतले भने ७ दिन भित्र जवाफ पेश गर्ने आदेश दियो । र, दुवै पक्ष अर्थात नेपाल बंगलादेश बैंक र आईएफआईसीले नै अदालतमा आ-आफ्ना दावी पेश गरिसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिद बिक्री गर्दा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७८ को इ.प्रा निर्देशन नं. १०/०७८ अनुसार संस्थापक सेयरधनीलाई नै पहिले अवसर दिनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार नेपाल बङ्गलादेश बैंकले २०७८/०३/२९ मा संस्थापक सेयरधनीको जानकारीको लागि कान्तिपुर दैनिकमा पहिलो पटक ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको थियो । तर बैंकले संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना प्रकाशित गर्नु अघि नै दुगडले २०७७/१२१८ मा आईएफआईसीका अध्यक्षलाई नेपाल बङ्गलादेश बैंकको सेयर खरिद गर्ने भन्दै पत्र पठाएको देखिन्छ । उनले एकतर्फी रुपमा एमओयूको मस्यौदा समेत पठाएका छन् ।

नेपाल बङ्गलादेश बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि सेयर खरिद गर्न ३५ दिने सूचना प्रकाशित गरिसकेपछि नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७८ को इ.प्रा निर्देशन नं. १०/०७८ अन्तर्गत निर्देशन नं. २ (च) बमोजिम राष्ट्र बैंकबाट आवश्यक स्विकृति समेत नलिई र बैंकलाई अग्रिम जानकारी समेत नगराई बैंकका दुई संस्थापक सेयरधनी कम्पनीहरू (१) दिबेश्वरी ईन्भेष्टमेन्ट प्रा.लि. र (२) हिमसागर ट्रेडिङ्ग कम्पनी प्रा.लि.मा दुगडले लगानी गरेको बताइन्छ ।

सूचना बमोजिम आवेदन दिने संस्थापक सेयरधनीमध्ये कुनै पनि सेयरधनीले संस्थापक सेयर खरिद गर्न नेपाल राष्ट्र बैंकको फिट एण्ड प्रपर टेष्ट पास गर्नुपर्छ । सो फिट एन्ड प्रपर टेस्टमा दुगडसहितका प्रस्तावकहरु अयोग्य भएका थिए । त्यसपछि दुगडले पुनः पुरानो इमेल आदान प्रदानको रेकर्डका आधारमा आफ्नो दावी पेश गरेको श्रोत बताउँछ ।

सनराईज बैंकको वार्षिक प्रतिवेदन २०७७/७८ अनुसार उनको (परिवारका अन्य सदस्य बाहेक) सो बैंकमा ५.९४ प्रतिशत सेयर रहेको छ । उनले संस्थापक सेयर खरीद गर्न चाहेको आईएफआईसीको सेयर नेपाल बंगलादेश बैंकमा ४०.९० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकबाट जारी एकिकृत निर्देशनको इ.प्रा. निर्देशन नं. १०/०७८ अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्तापुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुंजीको बढीमा १ प्रतिशत सम्म मात्र लगानी गर्न सकिने छ भन्ने स्पष्ट प्रावधान छ । सोही व्यवस्था अनुसार पनि दुगडले आईएफआईसीको सेयर किन्न पाउने अवस्था देखिन्न ।

दुगडले आईएफआईसीको सेयर प्रति कित्ता १५७ रुपैयाँका दरले ५ अर्ब ७८ करोड १९ लाख ५हजार ८ सय ८२ रुपैयाँमा खरिद गर्ने बताउँदै आएका छन् ।

उता, बिनोद चौधरीले भने एनबीलाई नबिलमा बिलय गराएपछि तयार हुने सेयर संरचना भित्र आईएफआईसीको सेयर किन्न आफू फिट एण्ड प्रपर टेष्टमा समेत पास हुने गरि योजना बनाईसकेको श्रोत बताउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्