Shikhar Insurance

तोलामा ९ सयले घट्यो सुनको मूल्य, नयाँ मुल्य कति ?

सिंहदरबार संवाददाता
२०७८ माघ १४, शुक्रबार ११:२८
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा नौं सयले घटेको हो । बिहिबार पनि सुनको मूल्य तोलामा ९ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२९० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १२६५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्