Shikhar Insurance

रूस-युक्रेन युद्धले विश्वभरिका सेयर बजारमा गिरावट, भारतमा पनि प्रभाव

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार १३:२०
NIMB
Nabil Bank

नयाँ दिल्ली । रुस र युक्रेन बीचको संकट गहिरिँदा आज विश्वभरका सेयर बजार ओरालो लागेका छन् । यसको प्रभाव भारतमा पनि परेको छ ।

सेन्सेक्स प्रारम्भिक रूपमा १००० भन्दा बढीले कम भएको छ भने निफ्टी लगभग ३०० ले ओरालो लागेको छ । बिहान पौने १० बजे सेन्सेक्स १.९८ प्रतिशतले घटेर ५६,५४२.४३ अङ्कमा कारोबार भएको थियो । निफ्टी पनि १.९६ प्रतिशतले घटेर १६,८६९.७५ मा पुगेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सेन्सेक्समा समावेश भएका सबै सेयरमा गिरावट आएको छ । रेड्डीज, एशियन पेन्ट्स, टीसीएस, एलएण्डटी, इन्डसइन्ड बैंक, एचडीएफसी, एचडीएफसी बैंक र बजाज फिनसर्भ २-३ प्रतिशतले घटे। निफ्टीमा ओएनजीसीको सेयर मात्र बढेको छ। रसिया र युक्रेन बीचको सङ्कट गहिरिएर कच्चा तेलको मूल्य बढ्ने अनुमानले ओएनजीसीको सेयरमा वृद्धि हुने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्