Shikhar Insurance

प्रतितोला १ हजारले घट्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १३, शुक्रबार १६:२८
NIMB
Nabil Bank

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९८ हजार तोकिएको छ । पहेँलो धातुको अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० तोकिएको छ । बिहीबार यसको मूल्य प्रतितोला रु ९८ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१४ डलर आसपास कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्