Shikhar Insurance

ठकुरी बने फोनपेको सीओओ, नबिल बैंकमा १८ वर्ष काम गरेको अनुभव

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १८, बुधबार १३:०२
NIMB
Nabil Bank

काठमाडौं । फोनपे पेमेन्ट सर्विसको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नवनियुत्त, सीओओ ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गरे ।

नवनियुक्त सिओओ ठकुरीसँग नबिल बैंकमा १८ वर्ष भन्दा धेरै काम गरेको अनुभव रहेको छ । ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ । ठकुरीसँग सेल्स एण्ड मार्केटिङ्, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्ष भन्दा बढिको अनुभव छ । उनको आगमनसँगै फोनपको सेवा थप सहज बनाउन सहयोग पग्ने अपेक्षा गरिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्