Shikhar Insurance

व्यवस्थापन संघको अध्यक्षमा नबिल बैंकका अध्यक्ष पौड्याल

सिंहदरबार संवाददाता
२०७८ चैत्र २७, आईतवार १०:०६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)को अध्यक्ष दावेदार उपेन्द्रप्रसाद पौड्यालले निर्वाचनमा सबैभन्दा बढी मत पाएका छन् । पौड्यालले व्यक्तिगततर्फ सर्वाधिक ३ सय ६४ मत ल्याएका हुन् ।

पौड्याल नबिल बैंकको अध्यक्ष हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

संघको २० औं प्रबन्ध समितिको व्यक्तिगततर्फको मतदानमा २ सय ५० भन्दा बढी मत ल्याउने ११ जना विजयी भए । संस्थागततर्फ पौड्याल अध्यक्ष रहेको नबिल बैंकले सर्वाधिक ७३ मत पायो ।

मतदानबाट निर्वाचित प्रबन्ध समितिले अध्यक्ष चयन गर्नेछ । अध्यक्षका अर्का दावेदार रमन नेपाल भने पराजित भए । उनले मतदानमा तेस्रो कम मत पाए ।

निर्वाचनमा व्यक्तिगततर्फबाट ११ जना र संस्थागततर्फबाट ६ सदस्य निर्वाचित भए । म्यानको पहिलो प्रबन्ध समिति बैठकले अध्यक्ष लगायत पदाधिकारी चयन गर्नेछ ।

सबैभन्दा बढी मत पाए तथा प्रतिस्पर्धी पराजित भएसँगै पौड्याल अध्यक्ष बन्ने पक्का भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्