Shikhar Insurance

कोरोना महामारीमा पनि अर्थतन्त्र जोगाएर राख्यौं, वर्तमान सरकारले तहसनहस पार्‍योः एमाले

सिंहदरबार संवाददाता
२०७८ चैत्र २७, आईतवार १३:३०
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेले आफ्नो सरकारका बेला कोभिडका बेला पनि अर्थतन्त्र बिग्रन नदिएर सबल र सुदृढ अर्थतन्त्र कायम गरेको दाबी गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै विश्वव्यापी महामारीमा पनि अर्थतन्त्र जोगाएर राखेको दाबी गरेको हो ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले महामारी विरुद्धको खोप व्यवस्था गरेर सेफ ल्यान्डिङ गराएको दाबी गरे । वर्तमान सरकारले देशको बारे सोचेको हुन्थ्यो भने आज यो हविगत आएको नहुने उनको दाबी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आफूले लोकप्रिय बजेट ल्याएको भएपनि त्यसलाई खण्डन गरेर प्रतिस्थापन बजेट ल्याएर देशलाई संकटको दिशातर्फ धकेलेको आरोप पौडेलले लगाए । “मुलुकको इतिहासमा पहिलोपल्ट निश्चित समयसम्म बजेट बिहिन अवस्थामा पुर्याइयो,” उनले भने, “पूर्वसरकारको राम्रा कामलाई निरन्तरता दिन सरकार इच्छुक भएन ।”

“राम्रा काम कि कार्यान्वयन गर्न व्यवधान सिर्जना गरिएको छ कि खारेज गरिएको,” उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्