Shikhar Insurance

पूर्व अर्थमन्त्री खतिवडाले यसरी उजागर गरे बैंकबाट पैसा हराउनुको ४ कारण

सिंहदरबार संवाददाता
२०७८ चैत्र २७, आईतवार १४:२८
NIMB
Nabil Bank

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले प्रणालीबाट पैसा हराउनुको ४ कारण औंल्याएका छन् । नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा उनले अधिक कर्जा प्रवाहका कारण बैंकिङ प्रणालीमा तरलता नहुनुलाई पैसा हराएको संज्ञा दिएका हुन् ।

“बैंकबाट पैसा हरायो भन्ने कथा सुन्छौं र सुनाउछौं,” उनले भने, “यथार्थ के हो भने बैंकिङ प्रणालीमा लगानीयोग्य रकम छैन । बैंकिङ प्रणालीबाट पैसा हराउनको कारण के हो त ?”

Citizen Life
Kumar Bank
Nepal Life

खतिवडाका अनुसार राजस्व चुहावट, तस्करी, भ्रष्टाचार, कमिसनको पैसा बैंकिङ प्रणालीमा आउने कुरै भएन । “घरजग्गाको मुल्य बढ्दै जाँदा त्यसअनुसारको कारोबार हुन छाड्यो,” खतिवडाले भने “घरजग्गा बेचेर फर्केनन् । अवैध रुपमा पुँजी पलायन हुने स्थिति आउँदा पैसा त हराउने नै भयो ।”

यस्तै आधुनिक प्रविधिमा आधारित कारोबार, क्रिप्टोकरेन्सी, हाइपर फन्डलगायत डिजिटल मुद्रामा लगानी गर्ने प्रवृत्तिमा ध्यान पुर्याएर नहेर्दा पनि पैसा हराउको खतिवडाको बुझाइ छ । कर्जा प्रवाह बढिरहने, बाहिर गएको रकम फर्केर नआउने, सरकार प्रायोजित व्यापार विचलन (नचाहिने वस्तु आयात गराउने, अवैध प्रणालीबाट पैसा बाहिर पठाउने) कामले पनि पैसा हराउको उनको तर्क छ ।

“पैसा हराउने खेलमा सरकार नै लागेकाले बैंकिङ प्रणालीमा पैसा आएन,” पूर्व अर्थमन्त्री खतिवडाको भनाइ छ, “आउने भन्दा जाने बढी भएकाले तरलताको संकट भएको हो ।”

GBIME

प्रतिक्रिया दिनुहोस्