Shikhar Insurance

‘डिमोनिटाइजेसन सुटुक्क गर्ने कुरा हो, हल्ला पिटेर होइन भन्ने कुरा सरकारमा बसेकालाई थाहै छैन’

सिंहदरबार संवाददाता
२०७८ चैत्र २७, आईतवार १५:४०
NIMB
Nabil Bank

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले झ्याली पिटेर डिमोनिटाइजेसन नगरिने बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक फोरममा ‘सिरानी मुनी पैसा लुकाइएको छ, त्यसलाई झिक्छु’ भन्ने किसिमको अभिव्यक्ति दिएर आतंकमात्र फैलाउने काम गरेर खतिवडाले बताए ।

“सिरानीमुनी पैसा लुकाइएको छ, झिक्छु, भन्नेजस्ता अभिव्यक्ति दिने र सोच विपरित नियुक्ती र निर्णय गरेर छद्म गतिविधि गर्दा अर्थतन्त्र थप संकटमा गएको भान हुन्छ,” उनले भने, “सरकारले डिमोनिटाइजेसन त गर्दैन ? भनेर हामीलाई सोध्छन् । मैले भनेको छु, सरकारले गर्ने भए हल्ला किन गर्थ्यो र ? अहिले आतंकमात्र फैलाउने काम भएको हो ।”

Citizen Life
Kumar Bank
Nepal Life

यस्ता हल्काफुल्का कुरा गरेर सरकारले व्यवसायी र सर्वसाधारणलाई त्रसित, शंकाको घेरामा र अन्योलमा पसाउनु नहुने उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्