Shikhar Insurance

पत्रकारीता पृष्ठभूमिका अवस्थीलाई महासंघ महानिर्देशकको जिम्मेवारी

सिंहदरबार संवाददाता
२०७८ चैत्र २८, सोमबार ११:०८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । महासंघको आइतबारको कार्यसमिति बैठकले अवस्थीलाई महानिर्देशकमा नियुक्त गरेको हो । उनको कार्यकाल पनि आइतबारदेखि नै लागु भएको छ ।

पत्रकारिता पृष्ठभूमिका अवस्थाी एक वर्ष तीन महिनादेखि महासंघको उप महानिर्देशकको जिम्मेवारीमा थिए । अवस्थीले यसअघि नै संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको सल्लाहकारका रूपमा काम गरिसकेका थिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका अवस्थी अर्थतन्त्र, निजी क्षेत्र तथा दिगो विकासका बिषयमा जानकार मानिन्छन् ।
उनले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा स्नातक तहम्मिको अध्ययनसमेत गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्