Shikhar Insurance

महालक्ष्मीले बनायो मर्जर कमिटी, ९० करोडको आईपीओ पनि जारी गर्दै

सिंहदरबार संवाददाता
२०७९ बैशाख २६, सोमबार ११:३८
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले विशेष साधारण सभा सम्पन्न गरेको छ । कम्पनी सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभाले आईपीओ जारी गर्ने र मर्जरमा जाने निर्णय गरेको छ ।

सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पुँजी र जारी पूजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी पुँजी वृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ । बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पुँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पुँजी वृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पुँजी वृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

पुँजी वृद्धि योजना बमोजिम मर्जर र एक्विजेशन पछि चुक्ता पुँजी ५०० करोड पुर्‍याउने उद्देश्यले विशेष साधारण सभा सम्पन्न  भए पश्चात बसेको संचालक समितिको ५८ ‌औँ बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तिन सदस्यिय मर्जर कमिटी गठन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्