Shikhar Insurance

को भीआईपी नेताले कहाँबाट गरे मतदान ? कस्तो दिए प्रतिक्रिया ?

सिंहदरबार संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार १५:२७
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।

उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट आज बिहान मतदान गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् ।

मतदान पछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई अपिल गरे । उनले भने“ उनले स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला भएको हो । ”

सञ्चारकर्मीको एक जिज्ञासामा  उनले भने, “जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ । यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको हो ।”

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरे ।

उनले स्थानीय तह निर्वाचन अन्तर्गत सो केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्र्दै उनले आफूले रोजेको र खोजेको उम्मेदवारलाई निर्धक्क भई मतदान गर्न आग्रह गरे ।

यस्तै एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गृहजिल्ला इलामको सूर्योदय नगरपालिका–९ करफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा (क) बाट मतदान उनले गरेका हुन् । अध्यक्ष ओलीसँगै आएकी उनकी धर्मपत्नी राधिका शाक्यले पनि मतदान गरिन् ।

मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लोकतान्त्रिक पद्दतिअनुसार देशभर छिटफुट घटनाबाहेक शान्तिपूर्णरुपमा उत्साहजनकरुपमा मतदाताले मतदान गरेको उनले बताए । गठबन्धनकाविरुद्ध एक्लै उभिएको एमालेले गठबन्धनभन्दा बढी सिटमा विजय हासिल गर्ने अध्यक्ष ओलीको जिकिर थियो ।

स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानदेखि जारी मतदानमा नेपालका पूर्वराष्ट्रपति डा रामवरण यादवले पनि मतदान गरेका छन् । उनले धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा पुगेर मतदान गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकबाट मतदान गरेका छन् ।

उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले  सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताए  । उनले भने“सङ्घीयता विकासका लागि फलदायी भएको छ ।  स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव छ । ” वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राखे ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् ।

उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए । उनले  आम मतदातालाई  उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे । मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए ।

गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ज्योति मावि ज्योतिनगर मतदान केन्दबाट मतदान गरेका छन् ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरस्थित सानो गौचरन हाइट मतदान केन्द्रबाट मतदान गरेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत उनले सो मतदान केन्द्रबाट मताधिकारको प्रयोग गर्नुभएको पूर्व अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवार उनले बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गरेका छन् ।

उनले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन् । स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिनअघि नै आफ्नो गाउँ पुगेका थिए ।

काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छन् । नेपाली कांग्रेसका उम्मेदवार उनले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले काठमाडौँको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताइन् ।

कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट  मतदान गरेका छन् ।  मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्वपूर्ण भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताई आग्रह गरे । उनले भने “ गठबन्धन देशको आवश्यकता हो ।”

ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गरेका छन् । सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर ९ स्थित श्रमिक शान्ति विद्यालयबाट मतदान गरेका हुन् ।  ललितपुरका १३१ मतदानस्थलमा रहेका २८८ मतदान केन्द्रमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन् ।

स्थानीय तहको निर्वाचन अन्तर्गत उनले आज बिहान उनले मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशभर उत्साहपूर्वक मतदान भइरहेको र  कांग्रेसको पक्षमा नतिजा आउने विश्वास रहेको बताए ।

यसैबीच मेचीनगरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र ) र जनता समाजवादी पार्टीको गठबन्धनका तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बन्नुभएको इन्द्र बुढाथोकीले मेचीनगर १० को शिशु साक्षर मतदान केन्द्रमा मतदान गरे । सोही वडाको हरि आधारभूत विद्यालय मतदान केन्द्रमा मेचीनगरमा नेकपा (एमाले)बाट नगरप्रमुख पदमा उम्मेदवार गोपालचन्द्र बुढाथोकीले समेत मतदान गरे ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले महाकाली नगरपालिका–५ को अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको (क) केन्द्रबाट मतदान  गरेका छन् ।

महाकाली नगरपालिका–५ किम्तडी घर भएका मन्त्री बडु र उपसभामुख जोशी मतदातासँगै लाइनमा बसेर मतदानमा सहभागी भएका थिए ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका–५स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत उनले सो केन्द्रबाट मताअधिकार प्रयोग गरेका हुन् ।

जिल्लाको चारवटै नगरपालिकामा शान्तिपूर्णरुपमा मतदान जारी छ । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए ।

मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबुराउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थबाट मतदान गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले लोकतन्त्रको मेरुदण्डका रुपमा निर्वाचन रहेकाले निर्धक्क भई मतदानमा भाग लिन मतदातालाई आह्वान गरे ।

वीरगञ्ज महानगरपालिकाका  मुख्य प्रतिस्पर्धी मेयर तथा उपमेयर सहितका उम्मेदवारले मतदान गरे । नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी  (लोसपा) संयुक्त गठबन्धनबाट उम्मेदवार  विजयकुमार सरावगीले वीरगञ्ज महानगरपालिका–१३ मा रहेको खाद्य संस्थान लिमिटेडस्थित मतदानस्थलबाट मतदान  गरे ।

यसैगरी सत्ता गठनबन्धक नेपाली कांग्रेस , राष्ट्रिय जनता पार्टी (राजपा), नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी (एस)को तर्फबाट संयुक्त उम्मेदवार राजेशमान सिंहले वीरगञ्ज महानगरपालिका–३ मा मालपोतमा रहेको मतदान केन्द्रबाट मतदान गरे भने राप्रपाको तर्फबाट उम्मेदवार बनेका गिरिस गिरीले वीरगञ्ज महानगरपालिका–९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा मतदान गरे ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।

गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उनले मताधिकार प्रयोग गरेका हुन् ।

यस्तै पूर्वसभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित उदय माध्यामिक विद्यालयबाट मतदान गरेका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि गोरखाको सिरानचोक गाउँपालिकाको जौवारीस्थित परोपकार आदर्श माध्यामिक विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।

माओवादी नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिकास्थित रामप्रसाद मावि केन्द्रबाट मतदान गरेका छन् ।

कञ्चनपुरका नौवटै पालिकामा रहेका मतदान केन्द्रमा मतदान  जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँका ३४१ वटै मतदान केन्द्रमा मतदान जारी रहेको बताए ।

मतदानस्थलभित्र र बाहिर सुरक्षा निकायले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सुरक्षामा विशेष ध्यान दिएका छन् । जिल्लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्रीद्वय रमेश लेखक, एनपी साउँद, नेकपा (माओवादी केन्द्र)की नेत्री एवं पूर्वमन्त्री विना मगर सहित यहाँका तीन निर्वाचन क्षेत्रबाट निर्वाचन सांसदले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेको जनाइएको छ ।

स्थानीय तह निर्वाचनमा दाङमा राजनीतिक दलका शीर्ष नेताहरुले आज बिहान आ–आफ्ना मतदान केन्द्रमा मतदान गरेका छन् ।

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–ं१९ स्थित जनता विद्यापीठ बिजौरीस्थित मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् । त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले दङ्गीशरण गाउँपालिका–४ स्थित रात्रि मावि बैबाङ मतदान केन्द्रमा मतदान गरेका हुन् ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेखा शर्माले घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय मसिनाबाट मतदान केन्द्रमा र  सोही पार्टीका अर्का केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले तुलसीपुर–१२ को पशुपति मावि हरिपौराबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसीले तुलसीपुरको बोर्डिङमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । लुम्बिनी प्रदेशका ग्रामीण तथा पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुर–६ को सेन्टर माविस्थित मतदान केन्द्रमा गरे । त्यस्तै संविधानसभा सदस्य अनारकली मियाँले तुलसीपुर–५ को तुलसी बोर्डिङ स्कुलको मतदान केन्द्रमा मतदान गरेका छन् । सोही मतदान केन्द्रबाट एमाले तुलसीपुर उपमहानरका उपप्रमुख उम्मेदवार स्यानी चौधरी, विप्लव निकट नेकपाबाट उपप्रमुखका स्वतन्त्र उम्मेदवार खेमराज वलीलगायतले पनि मतदान गरेका छन् ।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको वडामा भने आज मतदान हुन सकेन । वडा सदस्यका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि त्यहाँ आज हुने मतदान जेठ ३ गते मात्रै हुनेछ । ज्ञवालीको तुलसीपुर–१७ दीपेन्द्र मावी मानपुरमा मतदान केन्द्र छ ।

पूर्व निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले राजविराज नगरपालिका– २ स्थित राप्रवि राजदेवी मतदान केन्द्रमा मतदान गरेका छन् । उनले स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहान उक्त मतदानस्थलको ‘क’ मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदानपछि  सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा आफूलाई गर्व महसुस भएको बताए । आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन उनले आग्रहसमेत गरेका छन् ।

यादवले मतदान गर्नुअघि  मतदानस्थलको अवलोकनसमेत गरेका थिए ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले धादिङको गजुरी गाउँपालिका–२ स्थित वडा कार्यालय भवन अमिलटार केन्द्रबाट मतदान गरेका छन् ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको पचाल झरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालय कोटिला केन्द्रबाट मतदान गरे । यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको अमलाचौर र नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाका दल नेता दीनानाथ शर्माले पनि सोही स्थानबाट मतदान गरेका छन् ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले महोत्तरीको बर्दीबास नगरपालिका–३ दुधेश्वरी प्रावि रजबासबाट मतदान गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज बिहान रोल्पामा मतदान गरेका छन् ।

उनले रोल्पा नगरपालिका–६ कोटगाउँमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले मतदान गरेका छन् । उनले गृहजिल्ला रोल्पाको रोल्पा नगरपालिका–१ बामरुकस्थित तारा माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।

त्यसैगरी पूर्वसभामुख ओनसरी घर्ती र नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री वर्षमान पुनले मतदान गरेका छन् ।

पुनद्वयले रोल्पा नगरपालिका–७ माडिचौरस्थित बालउदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिका–१४ स्थित विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पस मतदान केन्द्रमा आज मतदान गरे ।

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र सुजाता कोइरालाले विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका छन् । यस्तै कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले विराटनगर–१० स्थित भानु आधारभूत विद्यालयमा मतदान गरेका छन् ।

त्यस्तै कांग्रेसका विराटनगर महानगरपालिकामा प्रमुखका उम्मेदवार नागेश कोइराला, राप्रपाका प्रमुखका उम्मेदवार प्रल्हादप्रसाद साहले विराटनगरको सरस्वती उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् । नेकपा (एमाले)का प्रमुखका उम्मेदवार सागर थापाले विराटनगर–४ स्थित आधारभूत विद्यालयमा मतदान गरेका छन् ।

विराटनगर महानगरपालिका निवर्तमान प्रमुख भीम पराजुलीले पूर्वाञ्चाल विद्यालय इञ्जिनीयरिङ क्याम्पस मतदान केन्द्रमा मतदान गरेका छन् । यसैगरी एमाले उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला कार्कीले विराटनगर–११ जनपथ उच्च मावि, जसपाका उपप्रमुख पदका उम्मेदवार अमरेन्द्र यादवले विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पसमा मतदान गरेका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आज बिहान मतदान गरे ।

उनले आफ्नो गृहजिल्ला धनुषाको नगराइन नगरपालिका–२ स्थित राजेश्वरनिधि माध्यमिक विद्यालय केन्द्रमा पुगेर मतदान गरेका हुन् । स्थानीय तह निर्वाचनअन्तर्गत नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आज बिहान मतदान गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय तह निर्वाचनअन्तर्गत आज मतदान गरेका छन् । उनले तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्सा आधारभूत विद्यालय मतदानस्थलमा मतदान गरेका हुन् ।

मतदान गरेपछि राससकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले स्थानीय सरकारका प्रतिनिधि जनताको सेवक बन्नुपर्नेमा जोड दिए । जनप्रतिनिधि प्रशासक नभइ जनताको सेवकको रुपमा रहनुपर्ने उनको भनाइ थियो ।

सबैभन्दा तल्लो तहको सरकार भएकाले सिहंदरबार गाउँ–गाउँमा भन्ने नारालाई यथार्थमा उर्तानका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने मन्त्री श्रेष्ठले बताए । विगत पाँच वर्षको स्थानीय तहको कार्यकाल केही कमजोरीबाहेक सुखद रहेको उनले उल्लेख गरे ।

आजको महत्वपूर्ण दिनमा उत्साहपूर्ण रुपमा मतदानमा सहभागी हुन मन्त्री श्रेष्ठले आम जनतालाई आग्रह गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालको संवैधानिक व्यवस्था बमोजिम स्थानीय सरकार नेपाली जनताको घर आँगनको सरकार भएकाले लोकतान्त्रिक प्रक्रियाबाट यस्तो सरकार छानौँ भनेका छन् । उनले आज देशैभरि स्थानीय सरकार निर्माणका लागि भइरहेको मतदान लोकतान्त्रिक अभ्यासको सुन्दर उदाहरण भएको पनि बताए ।

आज बिहान बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुसँग छोटो कुराकानी गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले आफ्नो विवेकको प्रयोग गरी नागरिकले घरआँगनका सरकार छान्न नागरिकलाई आग्रह गरेका हुन् ।

उनले निर्वाचनको माध्यमबाट शक्तिशाली स्थानीय सरकार निर्माण गर्ने जन चाहना पूरा भएको भन्दै यस निर्वाचन र यसपछिको नेतृत्वले जनता र जनप्रतिनिधीबीचको सम्बन्धलाई जिवन्त बनाउने विश्वास व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्