Shikhar Insurance

सुनको भाउ ९ सय रुपैयाँले घट्यो, चाँदीको भाउ कति ?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ४, बुधबार ११:४७
NIMB
Nabil Bank

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरि तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले घटेर ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९६ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरि चाँदीको भाउ पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजार मूल्य अनुसार नेपालमा महासंघले सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्