Shikhar Insurance

विन नेपालको कारोबार रोक्का, बुक क्लोजको मिति तोक्न हतार गरेपछि स्पष्टिकरण मागियो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १३:०५
NIMB
Nabil Bank

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले विन नेपाल लघुवित्तको कारोबार रोक्का गरी स्पष्टीकरणको मागेको छ । बुक क्लाेजको मिति तोक्न हतार गरेपछि नेप्सेले कारोबार रोक्का गरी विन नेपाललाई स्पष्टीकरण दिन भनेको हो ।

साधारसभामा सहभागी हुन तोकिने बुक क्लोजको मिति कानुनविपरित तोकेको भन्दै नेप्सेले विन नेपालको कारोबार रोक्का गरेको हो । धितोपत्र सूचीकरण विनियमावली अनुसार बुक क्लोजको जानकारी कम्तिमा पनि ७ दिन अगाडि नै नेप्सेलाइ जानकारी गराउनु पर्छ । तर, विन नेपालले वैशाख ३० गते सञ्चालक समितिको वैठक बसेर जेठ ३ लाई बुक क्लोजको मिति तोकेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले नेप्सेलाई इमेलमार्फत् यस्तो जानकारी गराएको हो ।

विन नेपाल लघुवित्तको वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गरी आर्थिक वर्ष २०७७/७८  को मुनफाबाट सेयरधनीहरुलाइ ९.३३ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्