Shikhar Insurance

नबिलले एनबी बैंक एक्वायर गर्ने पक्का, कम्तिमा ३ वर्ष इण्डष्ट्रिकै सर्वाधिक प्रतिफल ढुक्क

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ७, शनिबार १४:०२
NIMB
Nabil Bank

काठमाडौं । बहुप्रतिक्षित नबिल–एनबी एक्विजिसनको टुंगो लागेको छ । दुवै बैंकको विशेष साधारणसभाले पारित गरेसँगै नबिलले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने विषयले अन्तिम रुप पाएको हो ।

अब नेपाल राष्ट्र बैंकले एक्विजिसनको अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबार सुरु हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

नबिलले एनबीलाई १०० बराबर ४३ को स्वाप रेसियोमा प्राप्ति गर्दैछ । उनीहरुले पुस अन्तिममा एक्विजिसनको सम्झौता गरेको हुन् । गत वैशाख २२ गते बसेको दुवै बैंकको सञ्चालक समितिले जेठ ७ मा विशेष साधारणसभा बोलाएका थिए ।

साधारणसभाले एक्विजिसनको प्रस्ताव पारित गरेका हुन् । नबिलले यसअघि युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको थियो ।

ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैर कोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बैंक बाणिज्य बैंकहरुमा सबै सुचकांक हरुमा अग्रणी हुने बताइएको छ । यस्तै सर्वाधिक प्रतिफल दिने बैंकका रुपमा स्थापित नबिललाई यो प्राप्तिले आगामी ५ वर्षका लागि सर्वाधिक प्रतिफल दिन सघाउ पुग्नेछ ।

दुवै बैंकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको निती र बैंकहरुको दिर्घकालीन रणनैतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका हुन् ।

प्राप्तिपछि बन्ने नबिल बैंकको सञ्चालन खर्चमा कमी भइ नबिललाई मुनाफा वृद्धिमा समेत सहयोग पुग्ने देखिएको छ । अहिले नविल लगानीकर्तालाई राम्रो प्रतिफल दिने बैंकमा पर्दछ । एनबीलाई प्राप्तीपछि नविलको चुक्ता पुँजी २२ अर्ब ८३ करोड पुग्नेछ ।

एनबीलाई प्राप्ती गरेपछि नबिल बैंक एक दर्जनभन्दा बढी सुचकमा टप बैंक हुनेछ । बैंकको निक्षेप बढेर ३ खर्ब २० अर्ब नाघ्नेछ भने कर्जा बढेर ३ खर्ब ९ अर्ब हुनेछ ।

बैंकिङ जगतको अग्लो स्तम्भ बनेको नबिल बैंक लाभांश घोषणामा पनि सँधै अब्बल बन्दै आएको छ । ३७ वर्षे इतिहासमा कायम गरेको छवि, व्यावसायिक प्रतिस्पर्धामा अब्बलता र वित्तीय परिसूचकमार्फत् कमाएको शाख जोगाउने क्रमलाई नबिलले एनबीलाई एक्विजिसनल गरेपछि निरन्तरता पाउनेछ ।

आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाबाट ३५.२६ प्रतिशत लाभांश बाँडेको नबिलसँग आव २०७७/७८ मा नाफाको उल्लेखनीय वृद्धि हुँदा पनि लाभांश नबढाउनुको विकल्प थिएन । सर्वाधिक लाभांश दिने शाख जोगाइराख्ने र प्रतिफल बढाउने चुनौतीमाझ नबिलले ३८ प्रतिशत लाभांश घोषणा गरेको थियो, जसले हालसम्म वाणिज्य बैंकहरुद्वारा घोषित लाभांशको सूचीमा शीर्ष स्थान ओगटेको थियो ।

बैंकले यसरी लगानीकर्तालाई अधिकतम प्रतिफल दिन सक्षम हुनुको मुख्य कारण आफ्नो व्यावसायीक रणनीति परिवर्तन गर्नु नै हो ।

युनाइटेडलाई प्राप्ति गर्दा नबिलले मर्जर/एक्विजिसनमा ३७ वर्षे ‘हिस्ट्रि ब्रेक’ गरेको थियो ।

बजारमा वाणिज्य बैंकहरुले मर्जर तथा प्राप्ति गर्दै टक्कर दिन थालेपछि नबिल बैंकले रणनीतिक ‘भुम’ लिएर चौधरी समूहकै लगानी भएको सबल फाइनान्स ‘युनाइटेड फाइनान्स’ लाई एक्वायर (प्राप्ति) गरेको थियो । यसले बैंकलाई रणनीतिक दिशानिर्देशन दियो ।

बैंकले मर्जरको इतिहास नै ‘ब्रेक’ गर्नुको मुख्य कारण नै लगानीकर्ताको हित हो । मर्जर अनिवार्य भएका कारण छुट सुविधा उपयोग गर्न नबिलले चाहेको हो ।

गत आवमै मर्जरमा देखाएको चुस्तताले गर्दा लाभांश घोषणामा सेयरधनीले तिर्नुपर्ने २७ करोड रुपैयाँ कर बचेको थियो । यस्तै, मर्जर एक्विजिसनमार्फत सेयर स्वाप रेसियोबाट सेयर प्रिमियममा थपिएको ६६ करोड रुपैयाँले लगानीकर्तालाई बढी लाभांश दिन सहयोग गरको थियो ।

नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्दा बैंकको सेयर प्रिमियममा ५ अर्ब ७४ करोड ८६ लाख रुपैयाँ थपिनेछ । यस्तै असार मसान्तभित्र मर्जर प्रक्रिया पुरा गरेमा करिब ८० करोड रुपैयाँ कर बच्नेछ । जसलाई बैंकले बोनस सेयरको रुपमा वितरण गर्न सक्छ ।

यसरी साढे ६ अर्ब रुपैयाँ बैंकले वर्षेनी वितरण गर्ने लाभांशमा जोड्न सक्छ । दुई बैंक एक भएपछि बैंकको वार्षिक नाफा करिब ५ अर्ब रुपैयाँ हुनेछ । त्यसमा स्वाप र करछुटबाट बचेको पैसा जोडेर नबिललाई नम्बर वानको ताज पहिरिइरहन सहज हुनेछ ।

नबिल बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेपछि उसले ३० प्रतिशत लाभांश बाँड्न ६ अर्ब ८४ करोड रुपैयाँ आवश्यक हुन्छ । ५ अर्ब रुपैयाँ खुद मुनाफाबाट जुटेपछि वितरणयोग्य मुनाफाबा बाँकी रकम सो प्रिमियमबाट जुटाउन सकिन्छ ।

यसरी हरेक वर्ष बोनसमा नम्बर वान रहीरहन साढे ६ अर्ब रुपैयाँ कम्तिमा ३ वर्षका लागि पर्याप्त हुनेछ ।

नबिलले मर्जर/एक्विजिसनमा उपयुक्त वाणिज्य बैंकको खोजी जारी राखेको छ । मर्जर र प्राप्ति भर्खरै सुरु गरेको नबिललाई यो रणनीति अझै अगाडि बढाउनु पर्ने आवश्यकता छ । नत्र, प्रतिस्पर्धी बैंक ठूलो बनिसक्दा नबिल जात्राको तेत्रै रहनेछ ।

बैंकलाई प्रतिफल कायम गर्न नाफाबाट मात्र सहज नहुन सक्छ ।

प्रतिफल कायम राख्न नबिल बैंकले मर्जर र एक्विजिसनमा थप रणनीतिक कदम चाल्ने बताइएको छ । नबिलको ब्रान्ड भ्यालु र नेगोसियसन क्षमताको उपयोग गर्दै बैंकले उचित मर्जर/प्राप्तिको साझेदारसँग कुरा समेत गरिरहेको छ ।

लाभांश क्षमता बढाउनु नबिलका लागि सबैभन्दा ठूलो चुनौती हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्