Shikhar Insurance

महालक्ष्मी लाइफमा संस्थापकले ५० प्रतिशत पूँजी थप्ने, आईपीओ र मर्जरबाट पुग्नेछ ५ अर्ब

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ११, बुधबार ११:१७
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्सोरेन्सले संस्थापक सेयरधनीसँग थप ५० प्रतिशत पुँजी माग गरेको छ । कम्पनीले बुधबार सूचना जारी गरी ५० प्रतिशत बापतको थप रकम जम्मा गर्ने ३० दिने सूचना जारी गरेको हो ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको ५९ औँ बैठकको निर्णयले थप पुँजी जम्मा गर्नका लागि सूचना निकालिएको हो । यसका लागि असार ९ गतेसम्म संस्थाको केन्द्रिय कार्यालयमा आएर बुझाउनका लागि अनुरोध गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

संस्थाको हाल चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीको चुक्तापुँजी ५ अर्ब पुर्‍याउनुपर्ने हुन्छ । संस्थापकबाट हालको पुँजीमा ५० प्रतिशत ७० करोड थप गर्नेछ । यस्तै सर्वसाधारणमा सेयर (आईपीओ) निष्काशन गरेर ९० करोड र १० प्रतिशत बोनस सहितको मर्जर कम्पनीबाट प्राप्त हुने रकम २ अर्ब २० करोड गरी संस्थाको पुँजी ५ अर्ब २० करोड पुग्ने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्