Shikhar Insurance

प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्दै हिमालयन रि, बोलायो विशेष साधारण सभा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार ०९:५९
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको विशेष साधारण सभा जेठ २७ गते हुने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले होटल अलफ्ट, ठमेल काठमाडौंमा दिउँसो २ बजे विशेष सभा गर्ने निर्णय गरेको हो ।

सभामा सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव राखिएको छ । त्यस्तै, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने रहेको छ । नियमनकारी निकायबाट कुनै फेरबदल गर्ने निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनी ऐनअनुसार चुक्तापुँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।

हिमालयन रिइन्स्योरेन्सले गत साउन १० गते कारोबार सञ्चालनको अनुमति पाएको हो । विवादैविवादका माझ रिइन्स्योरेन्स कारोबार गर्न अनुमति पाएको थियो । बीमा समितिले पछिल्लोपल्ट हिमालय रिलाई बिजनेस ग्यारेन्टी गरिदिएपछि कम्पनी झनै विवादमा तानिएको छ र

कम्पनीका लगानीकर्तामा निजी क्षेत्रको छाता संगठनका नेताहरूको बाहुल्यता छ । हिमालयनले गत ठीक १ वर्ष अघि जेठ १६ गते पुनर्बीमा व्यवसाय चलाउने आशयपत्र पाएको थियो । त्यसयता बीमा समितिले हिमालयन रिका लगानीकर्ताले ७ अर्ब पुँजीको जोहो गरिसकेका छन् ।

१० अर्ब पुँजीको हिमालयन रिले संस्थापकले ७ अर्ब लगानी गरेका छन् । अर्थात् १० अर्ब चुक्तापुँजी भएको ‘रि’ले ३ अर्ब रूपैयाँ आईपीओमार्फत् लगानी जुटाउनेछ । सो रकम प्रिमियम मूल्यमा आईपीओ जारी गरेर उठाउने बताइएको छ ।

चार प्रतिष्पर्धी कम्पनीहरुलाई पछि पार्दै लाइसेन्स हात पारेको हिमालयनको अध्यक्ष गोल्छा ग्रुप तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा हुन् ।

१०६ जना संस्थापक लगानीकर्ता रहेको हिमालयन रिमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ५०/५० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीमा त्यसबाहेक अध्यक्ष शेखर गोल्छा, महासंघकै निवर्तमान अध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, जगदम्बा ग्रुप, एमभी दुगड ग्रुप, दिपक भट्ट लगायतको लगानी छ ।

बीमा समितिले गत वैशाख १६ गते सार्वजनिक सूचना प्रकाशित गरेर एउटा रि इन्स्योरेन्स कम्पनीका लागि आवेदन खुलाएको थियो । जसमा काठमाडौं रि, अन्नपूर्ण रि, जेन्युइन रि, प्रुडेन्सियल रि र हिमालयन रिले आवेदन दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्